शौचालयमा देखिने खराब बानीका कारण हरेक वर्ष विश्वमा लाखौं मानिस प्रोस्टेट क्यान्सरबाट आफ्नो ज्यान गुमाउँछन् । स्वास्थ्योपचारमा उत्कृष्ट मानिएको बेलायतमा प्रत्येक वर्ष प्रोस्टेट क्यान्सरका ५० हजार मामिला प्रकाशमा आउँछन्, जसमध्ये १२ हजारजनाको यो रोगबाट मृत्यु हुने गरेको छ ।

रोग अन्तिम चरणमा पत्ता लगाइन्छ

द सनको रिपोर्ट अनुसार बेलायतमा हरेक आठजना पुरुषमध्ये एकजनाले कुनै न कुनै बेला प्रोस्टेट क्यान्सरको सामना गर्नुपर्ने हुन्छ । जब तिनीहरूमा क्यान्सर फैलिन्छ, रोग घातक भइसकेको हुन्छ । त्यसपछि पीडितलाई बचाउन गा¥हो हुन्छ ।

प्रोस्टेट क्यान्सर किन हुन्छ ? यसका कारणहरू अझै अज्ञात छन् तर केही चीजहरू छन्, जसले यसको जोखिम बढाउँछ । उदाहरणका लागि यदि तपाईंको घरमा कोही पहिले नै यो रोगबाट पीडित छ भने, उसको लागि जोखिम अझ बढ्नेछ ।

४० वर्षभन्दा माथिका मानिस सचेत हुनुपर्छ

४० वर्षभन्दा माथिका व्यक्ति, जसको परिवारमा प्रोस्टेट क्यान्सर भएको छ, उनीहरूले परीक्षण गराउनुपर्ने चिकित्सकहरू बताउँछन् ।
प्रोस्टेट क्यान्सर किन हुन्छ, कसैलाई थाहा छैन । तर यस्ता सात सङ्केत छन्, जसबाट थाहा पाउन सकिन्छ कि तपाईंलाई यो रोग लागेको हुन सक्छ । ती लक्षणहरू निम्नानुसार छन्ः

– राति बारम्बार उठेर पिसाब फेर्नु
– शौचको लागि अचानक दबाब बढेर दौड लगाउनुपर्ने
– पिसाब फेर्न कठिनाइ महसूस हुनु
– पिसाब गर्दा तनाव हुनु
– पिसाब बिस्तारै निस्कनु, तपाईंको मूत्राशय पूर्णरूपमा खाली भएको छैन जस्तो महसूस हुनु
– तपाईंको पिसाब वा वीर्यमा रगत देखा पर्नु

यदि शङ्का छ भने, चिकित्सकसँग कुरा गर्नुहोस्

यदि तपाईंले शौचालयमा पनि यी लक्षणहरू देख्नुभयो भने, तपाईंमा प्रोस्टेट क्यान्सरको लक्षण हुन सक्छ । तर तपाईंलाई यो रोग लागेकै हो जरुरी छैन । यस्तो अवस्थामा चिकित्सकसँग कुरा गर्नु आवश्यक हुन्छ ।

यी सङ्केतहरूलाई बेवास्ता नगर्नुहोस्

यो रोगको सबैभन्दा खतरनाक कुरा यो हो कि जबसम्म यो पूर्णरूपमा फैलिंदैन, तबसम्म थाहा नै हुँदैन । बेलायतको नेशनल हेल्थ सर्भिसले प्रोस्टेट क्यान्सरका अन्य लक्षणहरू पनि रहेको बताएको छ । यसमा अचानक शरीरको तौल घट्ने, हड्डी वा ढाड दुख्ने, अन्डकोष दुख्ने जस्ता समस्याहरू पर्दछन् ।

चाँडै बढ्दै यो रोग

प्रत्येक वर्ष हजारौं मानिसको ज्यान जाँदा पनि बेलायतमा प्रोस्टेट क्यान्सर स्क्रिनिड्ढो लागि कुनै प्रणाली विकसित भएको छैन । त्यहाँ हाल प्रोस्टेट–विशिष्ट एन्टिजेन परीक्षण उपलब्ध छ । तर , नेशनल हेल्थ सर्भिसले आफ्नो परीक्षण प्रतिवेदन अविश्वनीय रहेको बताए पनि कहिलेकाहीं गलत तथ्याङ्क पनि दिने गरेको । जसमा स्वस्थ व्यक्तिले पनि आफूलाई बिरामी सम्झेर उपचार गर्न थाल्छ । यद्यपि उसलाई यसको आवश्यकता छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here