भारतको बाँका जिल्लामा एकजना चोरले आफूलाई समात्ने प्रहरीलाई एक लाख नगद पुरस्कार दिने भन्दै चुनौती दिएका छन् । अज्ञात चोरहरूले चोरी गर्ने क्रममा भित्तामा लेखेर यस्तो चुनौती दिएका हुन् ।

सोमवार राति प्रखण्ड परिसरस्थित सोनडिहा दक्षिणी पञ्चायत सरकार भवनमा चोरहरू पसेका थिए । चोरहरूले सो कार्यालयका कागजातहरू अस्तव्यस्त गर्नुका साथै प्राविधिक सामानहरू तोडफोड गरेका थिए । त्यसपछि चोरहरूले भित्तामा चुनौती लेखे– यदि मलाई समात्न सक्छौं भने पुरस्कारको रूपमा एक लाख पाउँछौं ।

चोरहरूको यस प्रकारको क्रियाकलाप देखेर स्थानीयहरू दङ्ग छन् । यद्यपि चोरहरूले सो कार्यालयबाट केही सामान चोरेर लगेनन् । भवनको माथिल्लो तलामा रहेको सर्भे कार्यालयमा पनि चोरहरूले ताला तोडेर कागजात र सामानहरू अस्तव्यस्त गरेका थिए ।

त्यस्तै, तीन दिन पहिले चोरहरूले मनरेगा कार्यालयमा पसेर कम्प्युटर र कागजातहरू तहसनहस गरेका थिए । स्थानीयका अनुसार चोरहरूले यी सबै षड्यन्त्र गरिरहेको बताएका छन्। अञ्चलाधिकारी राजेशकुमार र थानाध्यक्ष शङ्करदयाल प्रभाकर घटनास्थलमा पुगेर निरीक्षण गर्दै चाँडै चोरहरूलाई पक्राउ गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here