कठ्याङ्ग्रिने जाडो शुरू भइसकेको छ । यस मौसममा बाक्लो कपडा लगाए पनि चीसोले छोड्दैन। जाडोमा न्यानो कपडाको साथै हिटर पनि जरुरी भइसकेको छ । यस प्रकारको जाडोमा ब्लोअर हिटर निकै उपयोगी हुन्छ । यसले तातो हावा निकाल्छ र कोठाको तापक्रम बढाउँछ । यस प्रकारको हिटरले कोठामा बस्ने सबैलाई तातो हावा दिन्छ । प्रस्तुत छ भारु एक हजारभन्दा कम मूल्यका केही ब्लोअर हिटरहरूः

फाइलो इलेक्ट्रिक हिटर (मूल्य भारु ७७९)ः यस पोर्टेबल ब्लोअर हिटरलाई १ हजार वाट र दुई हजार वाटमा खरीद गर्न सकिन्छ । यसमा दुईवटा नोब दिइएको छ । नोबको मदतले पङ्खाको गतिलाई नियन्त्रण गर्न सकिन्छ । यसमा गति तीन लेभलसम्म बढाउन सकिन्छ । त्यस्तै अर्को नोबबाट तातो हावालाई नियन्त्रण गर्न सकिन्छ । यसको लागि दुईवटा लेभल दिइएको छ। यसको शरीर प्लास्टिकको छ, जसले गर्दा करेन्ट लाग्ने खतरा हुँदैन ।

लाइफलङ्ग २०० (एलएलएफएच ०३, मूल्य भारु ८४९) लाइफलङ्ग कम्पनीको यस दुई हजार वाटको ब्लोअर हिटरको मूल्य भारु ८४९ पर्छ । यसमा पङ्खा छ, जसले तातो हावालाई फाल्छ। तातो हावाको लागि तीनवटा मोड दिइएको छ । अर्थात् हावाको गर्मीलाई कम र बढी गर्न सकिन्छ । कम्पनीले १२ महीनाको ग्यारेन्टी दिएको छ । यसको बडी प्लास्टिकको छ ।

रियाकर होम हिटर ब्लोअर (मूल्य भारु ८४९)ः यस रूम हिटर ब्लोअरको मोडेल नम्बर एम–११ ४३२ हो । यसले दुई हजार वाटको पावर कन्जप्शन गर्छ । यसको डिजाइन भर्टिकल छ, जसले गर्दा यसले ठाउँ कम लिन्छ । यसमा दुईवटा नोब दिइएको छ । एउटा नोबको मदतले पङ्खाको गतिलाई नियन्त्रण गर्न सकिन्छ । यसमा गतिलाई तीन लेभलसम्म बढाउन सकिन्छ । दोस्रो नोबबाट तातो हावालाई नियन्त्रण गर्न सकिन्छ, यसको लागि पनि दुईवटा लेभल दिइएको छ ।

केन्भी युएस फ्यान हिटर (मूल्य भारु ८४९)ः कम मूल्य भए पनि यो हेर्दा निकै स्टाइलिस छ। डुअल कलर टोन भएको यस हिटर ब्लोअरको मोडेल नम्बर एम–११ ४३२ हो । तातो हावालाई नियन्त्रण गर्न यसमा धेरै लेभल दिइएको छ । पङ्खाको गति नियन्त्रण गर्न तीनवटा लेभल दिइएको छ । दुई हजार वाटको यस हिटरलाई आइएमओ ९००१ः२०१५ को प्रमाणपत्र पनि दिइएको छ ।

जिग्मा ब्लोअर हिटर (मूल्य भारु ९२३)ः यस हिटरको मोडेल नम्बर जेड–११३६ हो । यो दुई हजार वाटबाट चल्छ । सुनौलो रङ भएको यस हिटरमा कपर वायर मोटर दिइएको छ । यसमा सेफ्टीको लागि थर्मल कट अफ र ओभरहिट प्रोटेक्शन पनि दिइएको छ । यसमा हिट सेटिङलाई एक हजार वाटमा पनि गर्न सकिन्छ । यसमा पनि दुईवटा नोब दिइएको छ । एउटा नोबबाट पङ्खाको गति नियन्त्रण गर्न सकिन्छ भने अर्कोबाट तातो हावा नियन्त्रण गर्न सकिन्छ ।
(नोटः यी सबै मोडेल अनलाइन ई–कमर्स प्लेटफर्मबाट लिइएको हो । अलग–अलग प्लेटफर्ममा यसको मूल्यमा केही अन्तर हुन सक्छ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here