अङ्कलाई लिएर दुनियाँभरि भिन्दाभिन्दै मान्यता छ। कतै कुनै अङ्क शुभ हुन्छ भने त्यही अङ्क कतै अशुभ। संसारका केही देशमा भिन्दाभिन्दै अङ्कलाई लिएर विश्वास र अन्धविश्वास प्रचलित छ।

४ नम्बरः चीनमा ४ नम्बरलाई अशुभ मानिन्छ। अङ्ग्रेजीमा यसलाई फोर भनिन्छ तर चिनियाँ भाषामा फोरलाई मृत्युसमान मानिन्छ। यसैले चीनमा तेस्रो तलापछि पाँचौं तला आउँछ। कुनै पनि भवन र सडकको नाम वा नम्बरमा चार अङ्क लेखिंदैन। जापानमा पनि यस्तै छ। क्यामरा निर्माता फुजीले आफ्नो सिरिज ३ उत्पादनपछि सीधै ५ लन्च गरेको थियो।

९ नम्बरः जापानमा ९ नम्बरलाई पनि अशुभ मानिन्छ। अङ्ग्रेजीमा यसको उच्चारण नाइन हुन्छ, जसको जापानी अर्थ बिमारी वा मृत्युसँग जोडिएको हुन्छ। यसैले यहाँ ९ नम्बरलाई अशुभ मानिन्छ। यहाँ भवन ९ तले हुँदैन, न यस नम्बरबाट कसैको नामाकरण नै हुन्छ।

१३ नम्बरः दुनियाँका केही देशमा १३ नम्बरलाई निकै अशुभ मानिन्छ। युरोपको अधिकांश होटलमा १३ नम्बरको कोठा र फ्लोर हुँदैन। त्यस्तै कुनै फ्लाइटमा पनि १३ नम्बरको सिट हुँदैन। यसबारे एउटा कथा भनिएको छ, यिशु मसिहसँगै खाना खाने एकजना व्यक्तिले उनीसँग विश्वासघात गरेका थिए। त्यो व्यक्ति १३ नम्बरको कुर्सीमा बसेका थिए। यसैले यस नम्बरलाई निकै खराब र अनलकी मानिन्छ।

१७ नम्बरः इटलीमा १७ नम्बरलाई अशुभ मानिन्छ। रोमन अङ्कमा १७ लेख्नुहुन्छ भने यो XVII  हुन्छ। यस नम्बरलाई री–अरेन्ज गर्दा यो शब्द VIXI बन्छ, जसको लैटिन भाषामा अर्थ हुन्छ ‘मेरो जिन्दगी अब पूरा भयो’। यहाँ १७ तारिखका दिन पसलहरू बन्द रहन्छन्।

३९ नम्बरः इस्लामिक देश अफगानिस्तानमा ३९ नम्बरलाई अशुभ मानिन्छ। त्यहाँ ३९ नम्बरको अनुवाद मोर्दा–गोव यानी मुर्दा गाईको रूपमा हुन्छ। त्यस्तै त्यहाँ यो शब्दको प्रयोग दलालको लागि पनि गरिन्छ।

५३६ नम्बरः दुनियाँका विभिन्न देशका मान्छेहरू ५३६ नम्बरलाई खराब मान्छन्। भनिन्छ सन् ५३६ इस्वीमा दुनियाँमा भीषण आपत् आएको थियो। त्यतिबेला एक प्रकारको रहस्यमय कुहिरोले युरोप, मध्यपूर्व र एशियाको केही भागलाई लामो समयसम्म दिनरात अँध्यारोमा डुबाएको थियो। यसैले यस नम्बरलाई त्यहाँ अशुभ मानिन्छ।  – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here