जाडोको मौसममा शरीर कक्रक्क हुने गर्छ। यसको साथै धेरैजनालाई फ्रोजेन शोल्डर (काँध जकडिने) समस्या हुन्छ। यसको कारण चीसो मौसममा अनियमित जीवनशैली र गलत खानपान हो। जाडो मौसममा स्वस्थ रहन सधैं कसरत गर्नुपर्छ।
फ्रोजेन शोल्डरका लक्षणः लगातार र लामो समयसम्म काँध दुख्ने, असहनीय पीडाको कारण काम गर्न समस्या हुने, हातलाई माथि–तल र हल्लाउँदा दुखाइ बढ्ने गर्छ।
यदि यस्तो समस्या छ भने हरेक दिन २०–३० मिनेटसम्म कसरत गर्नुपर्छ। स्टे«चिङ कसरतबाट बढी फाइदा पुग्छ। तर कसरत गर्नुपूर्व चिकित्सकसँग सल्लाह अवश्य लिनुपर्छ। साथै हात र काँध बढी दुखेपछि ग–हुँगो सामान उठाउनुहुँदैन। गर्मको साटो चीसो पानी वा बरफले पनि काँध सेक्न सकिन्छ। यसको लागि एउटा रूमाल वा कपडामा बरफ राख्नुपर्छ। त्यसपछि
हलुका किसिमले प्रभावित ठाउँमा सेक्नुपर्छ। यो उपाय पाँच मिनेटसम्म गर्न सकिन्छ।
शरीर दुख्ने, सुन्निने समस्या छ भने तातो पानीले फाइदा पु–याउँछ। फ्रोजन शोल्डरबाट ग्रसित व्यक्तिहरूले तातो पानीबाट १०–१५ मिनेटसम्म काँध सेक्नुपर्छ। दिनमा दुईपटक सेकेपछि आराम पुग्छ।
कडा सिरानीमा सुत्दा पनि काँधमा दुखाइ हुने गर्छ। तसर्थ नरम सिरानीको प्रयोग गर्दा दुखाइबाट आराम र राम्रो निद्रा लाग्छ।
विज्ञका अनुसार शरीरमा क्याल्सियमको कमी भएपछि पनि काँध दुखाइको समस्या हुन्छ। यसबाट जोगिन क्याल्शियमयुक्त भोजन सेवन गर्नुपर्छ।
खाना खाएपछि निद्रा लाग्ने समस्याबाट कसरी जोगिने ?
– डिपे्रेशन, तनाव आदिबाट जोगिन ध्यान र योगको सहारा लिनुपर्छ।
–शारीरिक गतिविधि जस्तै योग र कसरत गर्नुपर्छ।
–राति पर्याप्त निद्रा लिनुपर्छ।
–निद्राको समय प्रतिदिन समान राख्नुपर्छ।
–आफूलाई सधैं हाइडे«ट राख्नुपर्छ।
–खानाको साथ रक्सीसेवन गर्नुहुँदैन।
–मानसिक स्वास्थ्यलाई ध्यानमा राख्नुपर्छ।
– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)