पान नेपाल र भारतमा खाने गरिन्छ। विवाह, चाडपर्वमा पान शोखले खाने गरिन्छ। पानको पातले मुख सफा राख्नुका साथै दुर्गन्ध पनि हटाउँछ। पानले खाना पचाउन मदत गर्छ। यसमा एन्टिबायोटिक, एन्टिइन्फ्लामेट्री, एन्टिइन्फेक्टिभ, एन्टिसेप्टिक हुन्छ। तर आज हामी पानको पातको शर्बतको चर्चा गर्दैछौं।

बिहान खाली पेटमा पानको शर्बत पिउँदा यसले शरीरको इन्टेस्टाइन्समा  पुगेर डिटक्स गर्ने काम गर्छ। यसको साथै यसले मेटाबोलिज्म र बाउल मुभमेन्टलाई पनि तेज गर्छ। आयुर्वेद अनुसार कब्जियतबाट राहत पाउन पानको पात खान सल्लाह दिइएको छ। यसको लागि पानको पातलाई मिचेर रातभरि पानीमा भिजाएर राख्ने, बिहान यसलाई पिसेर रसमा कालो नून मिसाएर पिउनुपर्छ। यसले पेटलाई पनि सफा गर्छ।

पानको पात एन्टिफङ्गल हुन्छ। योनीमा सङ्क्रमण भएको बेलामा यसलाई खाँदा निकै आराम पुग्छ साथै यसले इम्युनिटी पनि बुस्ट गर्छ। पानको पातमा एन्टि–इन्फ्लामेट्री कम्पाउन्ड्स हुन्छन्। जसले जोर्नीमा भइरहेको बेचैनी, पीडालाई कम गर्छ। तातो दूधमा पानको शर्बत मिसाएर खाँदा जोर्नीमा मजबूती ल्याउँछ। यसको अलावा पानको शर्बत पिउँदा हाडमा लागेको चोटमा चाँडै निको गर्न मदत गर्छ।

पानको शर्बत पिउँदा भोक बढ्छ। यसले शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकालेर मेटाबोलिज्म तीव्र गर्छ। त्यस कारण हामी जे खान्छौं, त्यो चाँडै पच्छ र भोक बढाउँछ। यदि भोक नलाग्ने समस्या छ भने पानको शर्बत पिउनुपर्छ।

पानमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले मुखमा रहेका खराब ब्याक्टेरियासँग लड्छ र दाँत कुहिनबाट जोगाउँछ। जसको मुख वा सास गन्हाउँछ, उसको लागि पानको शर्बतले निकै फाइदा पु–याउँछ। यसले इन्टेस्टाइन्सको स्वास्थ्यलाई बढाउनुको साथै सास र मुखको दुर्गन्धबाट पनि छुटकारा दिन्छ। साथै दाँत, गिजा दुखाइ, सुन्निएको मुखको सङ्क्रमणसँग पनि लड्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here