कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनलाई लिएर विश्वभरि बढ्दो डरलाग्दो वातावरणका बीच केही राहतका समाचार आएको छ । कोरोनारोधी खोपको बुस्टर डोजलाई ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी पाइएको छ । वैज्ञानिकका अनुसार बुस्टर डोजबाट एन्टिबडीको मात्रा बढ्छ र ओमिक्रोनको लक्षण भएको सङ्क्रमणमा यसले सुरक्षा प्रदान गर्छ । यसबाट स्पष्ट छ कि ओमिक्रोनबाट बचावको लागि सबैभन्दा सजिलो तरीका बुस्टर डोज हो, विशेषगरी रोग प्रतिरोधक क्षमता कमजोर भएका व्यक्तिको लागि ।
प्रख्यात विषाणु वैज्ञानिक र सङ्क्रामक रोग विशेषज्ञले ब्रिटेनको स्वास्थ्य सुरक्षा एजेन्सीलाई भनेका छन्– कोभिशिल्डको बुस्टर डोज ओमिक्रोनविरुद्ध असरदार छ र यसको लक्षण भएको सङ्क्रमणविरुद्ध ७०–७५ प्रतिशत सुरक्षा प्रदान गर्छ । वैज्ञानिकको भनाइ छ कुनै पनि खोप (पोलियो र दादुराको खोपबाहेक)ले तीव्ररूपमा एन्टिबडीको स्तर बढाउँछ ।
डा शाहिद जमीलका अनुसार कोरोनारोधी खोपको दुई मात्रापछि बुस्टर डोजले शरीरमा एन्टिबडीको मात्रा बढाउँछ र ओमिक्रोनको लक्षण भएको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्छ । उनले भने, हामीलाई थाहा छैन कि गम्भीर रोगको विरुद्ध दुई मात्रा कति प्रभावी रहन्छ । अर्को प्रश्नमा उनले भने– जुन व्यक्तिलाई कोभिशिल्डको पहिलो मात्रा दिइएको थियो, उनीहरूले दोस्रो मात्रा १२–१६ साताको सट्टा ८ देखि १२ साताको अन्तरालमा लगाउनुपर्छ ।