- अनन्तकुमार लाल दास
शिक्षा मानिस जीवनको आधार हो । आधुनिक युगमा अनलाइन शिक्षा अवसरको रूपमा हामीसामु छ तर ठीक यसको पछाडि अनलाइन शिक्षाको माध्यमले एक प्रकारको चुनौतीको सामना पनि गर्नु परिरहेको छ । शिक्षा हासिल गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार हो । शिक्षित मानिसले नै देश विकासमा महŒवपूर्ण योगदान दिन सक्छ ।
अनलाइन शिक्षा एउटा यस्तो माध्यमको रूपमा हाम्रो सामु उपस्थित भएको छ जसमा विश्वको कुनै पनि कुनामा रहेका मानिस एक आपसमा प्रत्यक्ष सम्बन्ध स्थापित गरेर कुराकानी गर्न सक्छन् । यसबाट श्रम सँगसँगै समयको पनि बचत हुन्छ । वर्तमान समयमा शिक्षक गुगल मिट वा जुम एप जस्ता माध्यमले विद्यार्थीहरूलाई घरमैं बसेर शिक्षित गर्ने कार्य गर्न सक्छन् । विद्यार्थीहरू पनि ल्यापटप वा कम्प्युटरको माध्यमले शिक्षकलाई हेर्न र सुन्न सक्छन् । केटाकेटीहरूको रचनात्मक शिक्षाका लागि शिक्षकहरूले आफ्नो स्क्रीन पनि शेयर गर्छन् । यसबाट केटाकेटीहरूलाई बुझ्न धेरै सजिलो हुन्छ ।
विकासशील देशहरूमा पहिलेदेखि नै अनलाइन शिक्षा दिने चलन छ । कोरोनाले लकडाउन भएको बेला पनि उनीहरूको शिक्षा प्रणालीमा कुनै बाधा उत्पन्न हुन पाएन । नेपालमा पनि अनलाइन शिक्षा प्रणाली विकसित भइरहेको छ । अनलाइन शिक्षाको विकल्पले केटाकेटीहरूको अतिरिक्त श्रम र समयको बर्बादी हुँदैन र सँगसँगै केटाकेटीहरूको प्रदर्शन थाहा पाउन अनलाइन परीक्षा लिने चलन पनि विकसित भएको छ । कैयन देशमा त अनलाइन डिग्री पनि दिन थालिएको छ ।
वर्तमान समयमा अनलाइन शिक्षा एउटा विशेष अवसरको रूपमा देखा परेको छ । अनलाइन शिक्षाद्वारा आज कैयन क्षेत्रमा धेरै प्रगति पनि भएको छ जसलाई चाहेर पनि नकार्न सकिंदैन । आज अनलाइन शिक्षासँग सम्बन्धित विभिन्न अवसर र यसबाट हासिल हुने सुविधाहरूबारे जानकारी प्राप्त गर्न सजिलो भएको छ । वास्तवमा आज इन्टरनेटको माध्यमले अनलाइन अध्ययन पहिलेभन्दा धेरै सजिलो र विकसित छ । आज यस्ता धेरै वेबसाइट उपलब्ध छन् जहाँ पढ्ने विद्यार्थीहरूले लग–इन मात्र गर्नुपर्छ र उनीहरू बेग्लाबेग्लै विषयमा सजिलै निश्शुल्क ज्ञान हासिल गर्न सक्छन् ।
शिक्षाको क्षेत्रमा प्रतियोगिता परीक्षाका लागि जुन अनलाइन शिक्षाको प्रावधान प्राप्त हुन्छ त्यो अत्यन्त महŒवपूर्ण छ । विद्यार्थीहरू ठूलो परीक्षा जस्तै ‘नीट’ वा अन्य कुनै परीक्षाको तयारी गरिरहेका छन्, उनीहरूको कोचिङ शुल्कले आकाश छोइरहेको छ तर इन्टरनेटको चलन आएपछि धेरै सहज भएको छ, किनभने अनलाइन कक्षाहरू सजिलै इन्टरनेटमा उपलब्ध हुन्छ । अहिलेको प्रविधिको युगमा परीक्षाको लागि अनलाइन रजिस्ट्रेशन गर्नुपर्छ र यो इन्टरनेटबाट नै सम्भव छ । आज सबैखाले परीक्षा, त्यो प्रतियोगितात्मक होस् वा जागीर प्राप्त गर्नका लागि, सबै अनलाइन आधारित भइरहेको छ ।
अनलाइन शिक्षाको अत्यधिक चलनले गर्दा शिक्षण संस्थानहरूले पनि कैयन प्रकारको अनलाइन शिक्षाको व्यवस्था गरेका छन् । धेरैजसो शिक्षण संस्थानहरूले शैक्षणिक क्रियाकलापको लागि अनलाइन शिक्षा वा इ–लर्निङलाई विशेष महŒव दिइरहेका छन् । यस परिवेशमा शिक्षण संस्थानको क्षेत्रमा दैनिक गतिविधिसँग सम्बन्धित कैयन प्रकारका परिवर्तन हेर्न थालिएको छ र यसको लोकप्रियतामा पनि वृद्धि भइरहेको छ । अनलाइन शिक्षालाई विकसित गर्ने उद्देश्यले इ–लर्निड्ढो विशेष प्रयोग देखिएको छ किनभने यसले अनलाइन शिक्षालाई एउटा नयाँ रूप प्रदान गरेको छ । इ–लर्निङ एउटा यस्तो प्लेटफर्म हो जहाँ हामी घरमैं बसेर शिक्षा हासिल गर्न सक्छौं । इन्टरनेटमा उपलब्ध कैयन अनलाइन भिडियो, अनलाइन कक्षा र यसबाहेक अनलाइन ट्युटोरियलबाट शिक्षा हासिल गर्न सहज भएको छ ।
वर्तमान समयमा जहाँ एकातिर हामीलाई अनलाइन शिक्षाबारे थाहा छ त्यहीं अर्कोतिर अनलाइन शिक्षा एउटा यस्तो प्रक्रियाको रूपमा देखा परेको छ जो त्यस्ता विद्यार्थीहरूको लागि चुनौती बनेको छ जो अनलाइन शिक्षा हासिल गर्न समर्थ छैनन् । विद्यालय वा विश्वविद्यालयमा अनलाइन शिक्षाको विशेष प्रचलनले गर्दा विद्यार्थीहरूलाई कैयन प्रकारको समस्याको सामना गर्नुपरिरहेको छ किनभने उनीहरूमाथि अप्रत्यक्ष दबाब हुन्छ । हाम्रो देशमा इन्टरनेट स्पीडको विशेष समस्या छ । यस समस्याको परिणामस्वरूप यस्ता धेरै विशेष विषय छोड्न विद्यार्थीहरू बाध्य हुन्छन् र यसको भर्पाई पछि हुँदैन । यसबाट अध्ययनसँग जोडिएका धेरै समस्या उपस्थित हुने गरेको छ ।
हाम्रो देशमा यस्ता धेरै विद्यार्थी छन् जोसँग अनलाइन पढ्ने वा पढाउने साधन उपलब्ध छैन र यसले नयाँ समस्या जन्माउँछ । यसबाहेक शिक्षकहरूको लागि पनि प्राविधिकरूपमा यो समस्या छ किनभने वर्तमान नेपालमा डिजिटल पूर्वाधारको धेरै कमी छ । देशमा ल्यापटप, कम्प्युटर वा टैबलेट जस्ता सुविधा भएका विद्यार्थीहरूको सङ्ख्या धेरै सीमित छ । यस्ता विद्यार्थीहरूको लागि अनलाइन कक्षामा सामेल हुनु वा विद्यालयबाट प्राप्त कार्य पूरा गर्नु चुनौतीको सामना गर्नु जस्तै भएको छ ।
कैयन विषयमा विद्यार्थीको लागि व्यावहारिक शिक्षा अत्यन्त आवश्यक हुन्छ तर अनलाइन शिक्षाको माध्यमले व्यावहारिक शिक्षाको महŒव कम भइरहेको छ । अनलाइन शिक्षाको माध्यमले त्यस्ता विषयको जानकारी सही प्रकारले दिन सकिएको छैन जो वास्तवमा विद्यार्थीहरूको लागि आवश्यक हुन सक्छ । उच्च कक्षाका विद्यार्थीहरू अनलाइन शिक्षाको महŒव बुझेर त्यसबाट लाभान्वित हुन्छन् तर तल्लो कक्षामा पढ्ने विद्यार्थीहरूको लागि व्यावहारिक ज्ञानको विशेष आवश्यकता हुन्छ जुन अनलाइन शिक्षाबाट हासिल गर्न सम्भव छैन। यो उनीहरूको व्यक्तित्व विकासको लागि घातक साबित हुन्छ ।
सदरमुकाम बाहिर बस्ने विद्यार्थी, जो अनलाइन पढाइ गर्न खोज्छन्, कैयन प्रकारको समस्याको सामना गर्नुपर्ने हुन्छ जसले गर्दा अनलाइन शिक्षाको सही उपयोग गर्न पाउँदैनन् । उनीहरूलाई आर्थिक समस्याको सामना गर्नुपर्छ । हुनत माथिल्लो कक्षाका केटाकेटीहरू जागरूक हुन्छन् र उनीहरूलाई अनलाइन शिक्षाको उपयोग कसरी गर्ने थाहा हुन्छ तर साना केटाकेटीहरूमा अनलाइन पढाइप्रति रुचि पाइएको छैन जसले गर्दा महŒव थाहा हुँदाहुँदै पनि त्यसको उपयोग गर्नबाट चुकिरहेका छन् ।
निष्कर्षतः के भन्न सकिन्छ भने अनलाइन शिक्षाले शिक्षाको महŒवलाई विशेषरूपले बदल्ने प्रयास गरेको छ र यस कार्यमा सफल पनि भइरहेको छ । अनलाइन शिक्षा द्वारा विद्यालय वा क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई विशेष फाइदा पनि भएको छ र यसलाई बेवास्ता गर्नु सही हुँदैन । आर्थिक समस्याले ग्रसित विद्यार्थीहरूका लागि अनलाइन शिक्षा वरदान साबित भएको छ । देश विदेशको जानकारी हासिल गर्नु र उज्ज्वल भविष्यको निर्माणमा अनलाइन शिक्षाले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ तर इन्टरनेटको स्पीड वा अनलाइन शिक्षाको विषय सामग्रीहरूको कमीको फलस्वरूप अनलाइन शिक्षालाई एउटा विशेष चुनौतीको रूपमा पनि हेरिएको छ ।
प्रोजेक्ट वर्क वा असाइनमेन्ट आज सबै अनलाइन शिक्षामा सामेल छ । जुन विद्यार्थीसँग सामग्री उपलब्ध छैन उनीहरू अनलाइन शिक्षाबाट लाभ हासिल गर्नबाट वञ्चित रहन्छन् र आफ्नो काममा पछि पर्छन् । अतः अनलाइन शिक्षा सँगसँगै के पनि आवश्यक छ भने व्यावहारिक शिक्षाको ज्ञान दिएर हाम्रो देशको उज्ज्वल भविष्यको संरक्षण गरौं । वर्तमान समयमा अनलाइन शिक्षाको चलनले अध्ययनको क्षेत्रमा विशेष प्रगति भइरहेको छ जसको महŒव बुझेर यसलाई विशेषरूपले प्रोत्साहित गर्नुपर्छ । परिणामस्वरूप प्रविधिको यस युगमा हाम्रो देश पनि उन्नति गरोस् र विकसित देशहरूमा आफ्नो नाउँ सामेल गर्न सकोस् ।