प्रस, सिम्रौनगढ, १७ मङ्सिर/

बाराको सिम्रौनगढमा जनमत पार्टीको नगर अधिवेशन शुरू भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष वसन्त कुशवाहाले काङ्ग्रेस, एमाले, जसपा, लोसपा, माओवादी डेट एक्सपायर औषधिजस्तै भएको बताए । उनले जनमत पार्टी नयाँ ब्रान्डेड औषधि भएकोले जनताको रोग यसले निको पार्ने बताए ।

रामनाथ ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष आरके राउत, केन्द्रीय सदस्य ओमप्रकाश साह, रोशनी खातुन, विनय गुप्ता, मुकेश महतोलगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन चन्दनकुमार शर्माले गरेका थिए ।

अधिवेशनको बन्दसत्रले रामनाथ ठाकुरको अध्यक्षतामा २१ सदस्यीय जनमत पार्टी सिम्रौनगढ नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा रामकिशोरप्रसाद कुशवाहा, रामतुलाह अन्सारी, सूचना कुमारी, सचिव चन्दनकुमार शर्मा, सहसचिव रेणुकुमारी यादव, योगेन्द्र मुखिया, कोषाध्यक्ष धर्मेन्द्र यादवलगायत सदस्यहरू रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here