काठमाडौं, १७ मङ्सिर/रासस
सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा ९६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २३ दशमवल एक ओभरमा दुर्ई विकेट गुमाउँदै पूरा ग¥यो । सुदूरपश्चिमको जीतमा नरेश भट्टले सर्वाधिक ३७ रनको योगदान दिए भने राहुल भण्डारी ३१ रनमा अविजित रहे । त्यस्तै, वसन्त कार्कीले ११ रन जोड्दा खड्कबहादुर बोहराले पाँच रन जोडे ।
बलिङतर्फ वाग्मतीका गौतम केसी र प्रतिश जिसीले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको वाग्मती ३० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । वाग्मतीका विवेक रानामगरले सर्वाधिक ३२ रनको योगदान दिए भने कृश कार्कीले १७ रन जोडे । त्यसबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। सूयांशु कोइराला आठ, उत्तम थापा छ, प्रशान्त महत एक, प्रतिश जिसी छ, गौतम केसी सात तथा विपुल खनाल तीन रनमा आउट भए ।
सुदूरपश्चिमका हेमन्त धामी एक्लैले पाँच विकेट लिए भने शेर मल्लले चार विकेट लिए । सुदूरपश्चिम लिगमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगको शीर्ष स्थानमा भने लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबीचको फाइनल खेल यही मङ्सिर १९ गते आइतवार हुनेछ ।