क्यानबेरा, ६ मङ्सिर/एएनआई
अस्ट्रेलियाले सोमवार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ।
त्यस्ता योग्य राहदानी धारकमा दक्ष जनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहदानी बोकेका समावेश छन् । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाए अनुसार १ डिसेम्बर २०२१ देखि पूर्ण खोप लगाएका योग्य प्रवेशाज्ञा धारकले यात्रा छुटको लागि आवेदन नगरी अस्ट्रेलिया आउन सक्नेछन् ।
योग्य प्रवेशाज्ञा धारकमा दक्ष र विद्यार्थी समूह, साथै मानवीय काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक प्रवेशाज्ञा धारक आदि समावेश गरिएका छन् । उनका अनुसार यी परिवर्तनले यो सुनिश्चित गर्नेछ कि अस्ट्रेलियालीको स्वास्थ्यको रक्षा गर्दै बिछोडमा परेका परिवारलाई पुनर्मिलन गर्दै आर्थिक पुनरुत्थानको कामलाई पनि बढावा दिइनेछ ।
यी व्यवस्थाहरू अन्तर्गत मोरिसनले यात्रीहरूले अस्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशन (त्न्ब्) द्वारा स्वीकृत वा मान्यताप्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ । “अस्ट्रेलियामा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको फिर्ताले हाम्रो आर्थिक पुनरुत्थानलाई अझ बलियो बनाउनेछ, हाम्रो अर्थतन्त्रलाई आवश्यक पर्ने मूल्यवान् कामदारहरू प्रदान गर्ने र हाम्रो महŒवपूर्ण शिक्षा क्षेत्रलाई समर्थन गर्नेछ,” मोरिसनले भने, “अस्ट्रेलियाले महीनौंको कडा महामारी प्रतिबन्धपछि नोभेम्बर १ मा क्वारेन्टाइनमुक्त यात्रीका लागि आफ्नो सीमा फेरि खोलेको छ ।”
गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोना भाइरस महामारीको बढ्दो सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको थियो । अस्ट्रेलियाले १८ महीनासम्म अनुमतिविना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो ।