सडक दुर्घटनामा हरेक २४ सेकेन्डमा एकजनाको मृत्यु

0

संयुक्त राष्ट्रसङ्घ, ६ मङ्सिर/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तीमा पनि एकजनाको मृत्यु हुने गरेको तथ्याङ्क पत्ता लागेको भन्दै यसबाट सुरक्षित रहन आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले यस दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन् । उनले भने– विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एकजनाको ज्यान जाने गरेको छ । त्यसैले यस्तो दुर्घटनाबाट बाँच्नका लागि विश्वका देशहरूले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।

विश्व सडक दुर्घटनाविरुद्धको दिन २१ नोभेम्बरका दिन दिएको एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गरेका हुन् । उनले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरूको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारीसाधनमा यात्रा गर्ने व्यक्तिहरू तथा बटुवाहरूलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्न महासचिव गुटर्रेसले आग्रह गरेका हुन् ।

यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको सङ्ख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरू लक्षित गर्न उनले विश्वका देशहरूलाई आग्रह गरेका हुन् । रासस

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here