प्रस, वीरगंज, ५ मङ्सिर/
जगरनाथपुर गाउँपालिका–६ माधवपुरमा धान काट्ने थ्रेसर मेशिनमा चेपिएर आठ वर्षीय बालकको मृत्यु भएको छ भने बालकका पिता घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्ष्Fक दीपक गौतमले मेशिनमा चेपिएर भुटेश्वर साह घाइते भएका र निजका आठ वर्षीय छोरा ओमबाबू साहको मृत्यु भएको बताए ।
शनिवार राति ना.६त ५०४५ नम्बरको ट्याक्टरमा रहेको थ्रेसरमाथि बसेर बुबाछोरा खेतमा जाने क्रममा थे्रसर पल्टेको र चेपिएर छोराको घटनास्थलमैं मृत्यु भएको तथा बुबा घाइते भएको प्रहरीले जनाएको छ । घाइते भुटेश्वरको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।