बन्दागोभी खानु स्वास्थ्यका लागि निकै फाइदाजनक साबित हुन सक्छ । बन्दागोभीले क्यान्सर जस्ता खतरनाक रोगबाट पनि बचाउन मदत गर्छ । यसबाहेक बन्दागोभी मुटुको स्वास्थ्यका लागि, पाचनका लागि र तौल घटाउनमा पनि प्रभावकारी हुन्छ । बन्दागोभीमा क्यालोरी कम र पोषक तŒव भरिपूर्ण हुन्छ । यसमा प्रोटिन, फोलेट, पोटासियम र म्याग्नेसियम पाइन्छ ।
बन्दागोभीले पाचन शक्तिलाई बलियो बनाउँछ । यसले कब्जियतबाट राहत दिन्छ । बन्दागोभीमा फाइबर हुन्छ, जसले पाचन प्रक्रियामा सहयोग गर्छ । बन्दागोभीले हामीलाई क्यान्सरबाट पनि बचाउँछ । अनुसन्धानका अनुसार बन्दागोभीमा ब्रासिनिन पाइन्छ । जसले क्यान्सरविरुद्ध केमोप्रेभेन्टिभ गतिविधि देखाउँछ । बन्दागोभीले ट्युमरबाट पनि बचाउँछ ।
बन्दागोभी खाँदा आँखालाई फाइदा हुन्छ । अध्ययनका अनुसार बन्दागोभीमा ल्युटिन र जेक्सान्थिन पाइन्छ । बन्दागोभीले आँखा स्वस्थ राख्छ । यसको सेवनले आँखाको ज्योति कमजोर हुँदैन । बन्दागोभीले आँखाको स्वास्थ्यमा महŒवपूर्ण भूमिका खेल्छ ।
बन्दागोभीले तौल घटाउन पनि मदत गर्छ । बन्दागोभीमा प्रशस्त मात्रामा फाइबर हुन्छ । फाइबरयुक्त खानेकुराले हाम्रो पेटलाई लामो समयसम्म भरिराख्ने काम गर्छ, जसका कारण हामीलाई बारम्बार भोक लाग्दैन । पेट भरिएको महसूस भएको कारण बारम्बार खाना खाँदैनौं र कम खाँदा हाम्रो तौल घट्न थाल्छ ।
बन्दागोभी मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । अनुसन्धानका अनुसार रातो बन्दागोभी एन्टिडायबेटिक हुन्छ, जसले मधुमेहको समस्यालाई कम गर्छ । बन्दागोभीको अर्कमा एन्टिहाइपरग्लिसेमिक प्रभाव हुन्छ, जसले ग्लुकोज सहिष्णुतामा सुधार गर्न इन्सुलिनको स्तर बढाउँछ ।