प्रस, कलैया, १० कात्तिक/
देवताल गाउँपालिकाको कार्यालयले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गसमेतलाई सामाजिक
सुरक्षाभत्ता लिन बैंकसम्म जानका लागि निश्शुल्क सवारीसाधनको व्यवस्था गरेको छ ।
गापा प्रमुख चन्दन सिंहले सामाजिक सुरक्षाभत्ताका लागि बैंकसम्म आउन ज्येष्ठ नागरिकसमेतलाई सहजता प्रदान होस् भनेर गापाले रु ३९ लाखमा बस खरीद गरी सेवा शुरू गरेको बताए ।
उनले सामाजिक सुरक्षाभत्ताका अलावा गापाका विद्यार्थी, स्वास्थ्यकर्मी, किसानलगायतको भ्रमण, सेमिनार आदिमा बससेवा निश्शुल्क प्रदान गरिने बताए ।