एमाले वीरगंज महानगरको अध्यक्षमा यादव

0

प्रस, वीरगंज, १० कात्तिक/

नेकपा एमाले वीरगंज महानगरपालिका कमिटीको अध्यक्षमा राजेन्द्रप्रसाद यादवलगायत ९२ जना पदाधिकारी सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

कात्तिक ८ गते भएको प्रथम महानगर भेलाले नयाँ नेतृत्व चयनका लागि केन्द्रीय सदस्य निर्मला देवकोटाको अध्यक्षतामा गठन गरेको निर्वाचन कमिटीले कात्तिक ९ गते महानगर कमिटीको अध्यक्ष यादव, उपाध्यक्ष महेश दास, सचिव सुन्दर कुर्मी, उपसचिव मुना दाहाल र अनवर अलिसहित ९२ सदस्यीय सर्वसम्मत निर्वाचित भएको घोषणा गरेको उपाध्यक्ष दासले प्रतीकलाई बताए । उनले १०१ सदस्यीय महानगर कमिटी हुने र बाँकी ९ जना सदस्यलाई कमिटीले मनोनीत गर्ने जानकारी गराए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here