अहिलेको अत्याधुनिक युगमा, जब मानिसले मानिसका लागि सुविधाको अजस्र स्रोतहरू पत्ता लगाएको छ, व्यवहारमा ल्याइसकेको छ, विपत्हरू पनि त्यही रूपमा ओइरिन थालेका छन् । हिजो मानिस साधनविहीन थियो, उसमा श्रम गर्ने शक्ति थियो, उसलाई प्राकृतिकबाहेक कोप थिएन । आज मानिस आफ्नै कारणले विभिन्न कोपको शिकार बनिरहेको छ । साधन र स्रोतको फालाफालले मानिसलाई भौतिकरूपमा क्रियाशून्य बनाउँदै लग्यो, हो यस क्रममा मानिसको मानसिक क्रियाशीलता भने शीर्षमा पुग्न थाल्यो । यी दुईबीच समन्वय नहुँदा शारीरिक शिथिलताले विभिन्न रोगहरूको उत्पत्ति हुँदै गयो । जसलाई हामी मानवजन्य नै भन्न सक्दछौं । उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मिर्गौला, हृदयघातबारे सूक्ष्म–गहन अध्ययन गर्ने हो भने यी रोगको उत्पत्ति र प्रसारमा मानिस नै केन्द्रमा फेला पर्छ । आजको सुविधासम्पन्न जीवनशैली, खानपान, खाद्यपदार्थमा भइरहेको अस्वस्थकर अराजकता आदि प्रकृतिले ल्याएको विपत् होइन । यसमा मानिसको प्रत्यक्ष र प्रभावकारी भूमिका निहित छ ।

हामीले केलाई मानवजन्य र केलाई प्रकृतिजन्य विपत् भन्ने ? सरसर्ती हेर्दा सबै विपत्ति प्रकृतिजन्य लाग्दछ । प्रकृतिले दिने विपत् आगजनी, भूकम्प, ज्वालामुखी विस्फोट, बाढी–पहिरो लाग्दछ । साथै एकपछि अर्को नयाँ रोगहरू पनि प्रकृतिप्रदत्त नै लाग्दछ । तर समयक्रममा औषधि विज्ञानको प्रगतिसँगै दीर्घरोगहरूको उत्पत्तिमा कहीं न कहीं मानवीय लापरवाही देखिन थालेको छ। प्रकृतिप्रदत्त विपत् भनिएका आगलागी, बाढी–पहिरो, भूकम्पजस्ता विपत्को लागि पनि मानवीय व्यवहार कारण बनेको धेरै उदाहरण हामीले पाइसकेका छौं । पृथ्वीको अतिशय दोहन (पेट्रोलियम पदार्थ, ग्याँस, भूमिगत जल, खानी)ले पृथ्वीको गर्भ रित्तिन थालेपछि रिक्त स्थान भर्न पृथ्वी चलमलाउँदा भूकम्प गएको किन भन्न सकिंदैन ? तर प्रत्येक प्राकृतिक विपत्तिले मानिसलाई कालान्तरमा केही दिएर जान्छ, मानवकृत विपत्ले भने मानिसको ज्यान मात्र लिन्छ, यसमा विमति प्रकट गर्ने कुनै कारण छैन । स्वाभाविक भूकम्पले मानिसलाई हिमालयजस्तो प्राकृतिक विशाल पर्खाल दियो जसले उत्तरको विषम मौसमको प्रवेश रोक्ने काम ग¥यो भने बाह्यजलको विशाल भण्डार नै साबित भयो । ज्वालामुखी त पृथ्वीमा प्राणीमात्रको उत्पत्तिको कारण बनेको सिद्ध भइ नै सकेको छ ।

प्रश्न उठ्न सक्छ बाढी–पहिरो पनि त प्रकृतिपदत्त विपत्ति हो, यसले किन नोक्सानमाथि नोक्सान गरिरहन्छ ? तर सूक्ष्म अध्ययन गर्दा हामी पाउँछौं हिजोसम्म त बाढी वरदान नै थियो । आज मानिसले अति विकासको नाममा नदी साँघुरो पा¥यो, वन–जङ्गल नाश ग¥यो, प्रगतिको नाममा कृत्रिम वस्तुहरूको निर्माण ग¥यो । हिजो बाढी आउँदा किसान खुशी हुन्थ्यो, उसका खेतमा जङ्गलको उर्वर माटो भरिन्थ्यो । बालीनाली सप्रन्थ्यो । आज जङ्गल छैन, मानिसले मूर्खतापूर्णरूपले नदीको दोहन ग¥यो, हिजो जङ्गल भएर आउने बाढीले मलिलो खाद बोकेर ल्याउँथ्यो, अब नदी भएर आउन थाल्यो, अनि उर्वर माटोको साटो खेतमा गेग्रान थुपार्न थाल्यो । पहिरो हिजो स्वाभाविक प्राकृतिक प्रक्रिया थियो, क्ष्Fति गथ्र्यो तर थोरै, पछि मेशीन कुदाएर पहाड फोड्ने काम भयो पहाड थिलथिलियो । सानो झरीले पनि पहिरो ल्याउन थाल्यो । कहिले बुझ्ने मानिसले ? अधिकांश विपत्ति उसले नै जन्माइरहेको छ, विपत्ति न्यूनीकृत गर्ने साधन र स्रोत भएर पनि क्रियाहीनताले रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here