कोभिड–१९ को अन्त कसरी हुन्छ ?

0
  • अनन्तकुमार लाल दास

कुनै पनि घातक महामारी सधैंको लागि रहँदैन । उदाहरणका लागि सन् १९१८ मा फैलिएको इन्फ्लुएन्जाले त्यस बेला विश्वका लाखौं मानिसको ज्यान लिएको थियो तर आज यस भाइरसको प्रभाव धेरै कम घातक छ । हिजोआज यसको प्रभाव साधारण मौसमी फ्लु निम्त्याउने मात्र बनेको छ । अतीतका केही महामारीहरूको प्रभाव लामो समयसम्म नरहेको भने होइन । जस्तै सन् १३४६ मा फैलिएको ब्युबोनिक प्लेग (ब्लैक डेथ) ।

यसले युरोप र एशियाका केही भूभागका लगभग एकतिहाई मानिसको ज्यान लिएको थियो । प्लेगको बैक्टेरियाको घातमा कमी देखा परेको थिएन तर सात वर्षपछि यस महामारीको अन्त्य यस कारणले भयो कि धेरैजसो मानिस मरिसकेका थिए वा जो बाँचेका थिए उनीहरूमा यसविरुद्ध प्रतिरक्षा प्रणाली विकसित भइसकेको थियो । इन्फ्लुएन्जाजस्तै सन् २००९ मा फैलिएको ज्ज्ञल्ज्ञ रोगको जनक सूक्ष्म जीव पनि कम घातक देखिएको थियो । यहाँ के प्रश्न खडा हुन्छ भने सार्स कोभ–२ को भाइरस पनि यसै बाटोमा लम्किने हो ?

केही वैज्ञानिकहरूको भनाइ छ यो भाइरस मानिसमा सजिलै फैलिन सक्ने प्रकारले विकसित भइसकेको छ । हाल यसो भन्नु हतार हुनेछ, तर अनुमान के गर्न सकिन्छ भने यो कम घातक हुँदै जान्छ । शायद अतीतको आँखीझ्यालबाट नियाल्दा यस बारे केही भन्न सकिन्छ । समयसँगै बिस्तारै सङ्क्रमण फैलाउने भाइरस कम घातक हुँदै जान्छ भन्ने विचार धेरै पुरानो हो । १९ औं शताब्दीका एकजना चिकित्सक थियोबाल्ड स्मिथले धेरै पहिले भनेका थिए कि प्यारासाइट (परजीवी) र निर्भर रहेको जीवबीच ‘मसिनो सन्तुलन’ हुन्छ । समयसँगै रोगाणुको घातकता कम हुँदै जान्छ, किनभने आफू जसमाथि निर्भर छ त्यसको ज्यान लिनु भाइरसको लागि पनि हितकर हुँदैन ।

सन् १९८० को दशकमा शोधकर्ताहरूले यस विचारलाई चुनौती दिएका थिए । गणितीय जीवविज्ञानी राय एन्डरसन र राबर्ट मेले भनेका थिए–भाइरस अन्य मानिसमा त्यस बेला सबैभन्दा बढी फैलिन्छ, जुन बेला ऊ जसमाथि निर्भर छ उसले धेरै भाइरसलाई फैलाउँछ । यो स्थिति त्यस बेला तयार हुन्छ जब उसको ‘मेजबान’ राम्ररी बीमार पर्छ । यस कारण भाइरसको घातकता र फैलिने क्षमता एउटा सन्तुलनमा रहन्छ । यदि भाइरस बढी घातक भएर आफ्नो मेजबानको ज्यान लिन्छ भने बढी फैलन सक्दैन भन्ने कुरालाई ‘प्रसार घातकता सन्तुलन’ भनिन्छ ।

अर्को सिद्धान्त विकासवादी महामारी विशेषज्ञ पाल इवाल्डले प्रस्तुत गरेका थिए जसलाई ‘घातकताको सिद्धान्त’ भनिन्छ । यस सिद्धान्त अनुसार कुनै भाइरस जति बढी घातक हुन्छ, त्यो फैलिने सम्भावना त्यतिकै कम हुन्छ, किनभने यदि कुनै मानिस सङ्क्रमित भएर जति छिटो बेड समात्छ, जस्तो इबोला भाइरसमा भएको थियो, त्यतिकै अन्य मानिसलाई सजिलै सङ्क्रमित गर्न सक्दैन । यस कारण के भन्न सकिन्छ भने कुनै पनि भाइरसलाई फैलनको लागि हिंडडुल गर्ने मेजबान चाहिन्छ । अर्थात् भाइरस बिस्तारै कम घातक हुँदै जानुपर्ने हो । तर यस सिद्धान्तले के पनि भन्छ भने प्रत्येक भाइरसमा फैलिनको लागि आआफ्नै रणनीति हुन्छ । केही भाइरसमा उच्च घातकता र उच्च प्रसार क्षमता दुवै हुन सक्छ ।

यी भाइरसहरूको एउटा रणनीति हो टिकाउपना । जस्तै दादुराको भाइरस शरीर बाहिर रहेर पनि लामो समयसम्म बाँच्न सक्छ । यस्ता टिकाउ भाइरसलाई इवाल्डले ‘बसेर प्रतीक्षा गर्ने’ भनेका छन् । केही घातक भाइरस अत्यन्त गम्भीर बिरामीहरूमा लामखुट्टे, जुम्रा, साङ्लो जस्ता वाहक जन्तुहरूको माध्यमले फैलिन्छ । हैजाजस्ता केही सङ्क्रमण पानीबाट फैलिन्छ र केही सङ्क्रमण बीरामी वा मरणासन्न मानिसको स्याहारसुसार गर्दा फैलिन्छ–जस्तै स्टेफिलोकोकस बैक्टेरियाको सङ्क्रमण । इवाल्डका अनुसार यी सबै रणनीतिले भाइरसलाई कम घातक हुनबाट जोगाउँछ ।

तर प्रश्न के छ भने के कोरोना भाइरस कहिल्यै कम घातक हुन्छ ? सन् २००२–०३ मा फैलिएको सार्सको अवलोकन गरौं । यो सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा त्यस बेला मात्र सर्छ, जब रोगी गम्भीररूपले सङ्क्रमित हुन्छ । यसबाट के फाइदा हुन्छ भने सङ्क्रमित रोगीको पहिचान गरी उसलाई बेग्लै ठाउँमा राख्दा यस भाइरसको प्रसारलाई रोक्न सकिन्छ तर सार्स कोभ–२ सङ्क्रमणको प्रारम्भिक अवस्थादेखि नै अन्य मानिसमा सर्न थाल्छ । यस कारण यहाँ भाइरस फैलिने क्षमता र उसको घातकताबीच सम्बन्ध आवश्यक हुँदैन । लक्षणविहीन सङ्क्रमित मानिसले पनि भाइरस फैलाइरहन्छ । यस कारण मात्र गम्भीररूपले सङ्क्रमित मानिसको सम्पर्कमा आए मात्र यो फैलिन्छ भन्ने जरूरी छैन । यो जुनसुकै अवस्थामा जोखिमपूर्ण नै हुन्छ।

यस कारण कोभिड–१९ को भाइरसमा प्रसार घातकताबीच सन्तुलन नदेखिए पनि यो टिकाउ हुन्छ भन्ने कुरा विशेषज्ञ इवाल्डले देखेका छन् । उनले यो भाइरस बेग्लाबेग्लै सतहमा केही घण्टा र केही दिनसम्म टिक्न सक्छ भनेका छन् । अर्थात् इन्फ्लुएन्जाको भाइरस जस्तै यो पनि टिकाउ र एकबाट अर्कोमा फैलिन सक्छ । यस कारण कोभिड–१९ मौसमी इन्फ्लुएन्जाजस्तै घातक हुन्छ र जसमा मृत्यु दर ०.१ प्रतिशत रहेको छ । तर हालसम्म पनि कोभिड–१९ कता जान्छ भन्नेबारे ठोकुवा भन्न सकिंदैन । वैज्ञानिकहरूले यस भाइरसको विकासमाथि हालसम्म गरेको अनुमानको आधारमा यो अझ फैलिन सक्छ, तर त्यो कति घातक हुन्छ, निश्चितरूपले केही भनेका छैनन् ।

लास एलमोसको राष्ट्रिय प्रयोगशालाको कप्युटेशनल जीवशास्त्री बेट्टै कोरबरद्वारा जुलाई महीनाको सेल पत्रिकामा प्रकाशित पेपरले के भनेको छ भने बुहानमा प्राप्त मूल भाइरसको ठाउँमा त्यसको म्टज्ञद्धन् परिवर्तित रूप अहिले देखा परेको हो । यस परिवर्तित रूपको कोशिकामाथि गरिएको अध्ययनको आधारमा कोरबरले मूल भाइरसको अपेक्षा यस परिवर्तित भाइरसमा फैलिने क्षमता बढी रहेको भनेका छन् । तर धेरै शोधकर्ताहरूको भनाइ अनुसार परिवर्तित कोशिकामाथि गरिएको प्रयोगको परिणाम वास्तविक परिस्थितिमा लागू हुन्छ भन्ने जरूरी छैन ।

हिजोआज कोभिड–१९ को भाइरस कम घातक भइरहेको भनिंदै छ तर हालसम्म यसबारे कुनै प्रमाण वा तथ्य फेला परेको छैन । सामाजिक दूरी, परीक्षण, खोप र उपचारमा तीव्रता र यसप्रति आम मानिस सचेत हुँदै गएको कारण प्रमाण भेटिन गा¥हो भएको हो । आज कोभिड–१९ को परीक्षण र खोप सुविधा सुलभ भएको कारण बिरामी छिट्टै निको पनि भइरहेका छन् । यसबाहेक भाइरस परीक्षण (च्त्(एऋच् त्भ्क्त्) पनि सङ्क्रमितहरूको उपचारमा सहयोगी साबित भएको छ र जोखिमयुक्त वा कमजोर मानिसलाई बेग्लै राखेर सङ्क्रमिता हुनबाट जोगाउन सकिन्छ ।

कोभिड–१९ को भाइरसले शुरूमा मानिसलाई सिकिस्त बनाउँदैन, जसले गर्दा सङ्क्रमित मानिस आम मानिसजस्तै घुमफिर गरिरहन्छ र लक्षण देखापर्नु पूर्व पनि अरूमा सङ्क्रमण सारिरहन्छ ।
कोलम्बिया विश्वविद्यालयको विंसेट रेकेनिएलोले भन्छन्, भाइरसमा हुने परिवर्तनको कारण होइन, तर कोभिड–१९ कम घातक हुँदै जान्छ किनभने एउटा यस्तो समय आउँछ जुब धेरैथोरै मानिस यस्ता हुन्छन् जसमा यसविरुद्ध प्रतिरक्षा शक्ति हुँदैन ।

रेकेनिएलोका अनुसार चारवटा यस्ता कोरोना भाइरस अहिले पनि विद्यमान छ, जुन प्रारम्भमा धेरै घातक भए पनि हाल सामान्य रूघाखोकीको लागि मात्र कारण बनेको छ । इन्फ्लुएन्जा भाइरससँग यसको तुलना गर्दा कोरोना भाइरस अलि बढी टिकाउ छ र मानिसमा पहिलेदेखि विद्यमान प्रतिरक्षाविरुद्ध विकसित हुन्छ भन्ने कुराको सम्भावना न्यून रहेको छ ।

यस कारण धेरैजसो विशेषज्ञहरूले के भनेका छन् भने कोभिड–१९ बाट जोगिने सुरक्षित र प्रभावकारी तरीका एकमात्र ‘खोप’ हो र नियमितरूपमा खोपको बुस्टर डोज लिने आवश्यकता पनि पर्न सक्छ । यो कोरोना भाइरसले तीव्र गतिमा आफ्नो रूप परिवर्तन गरिरहेको कारण नभई, समय र उमेर अनुसार, मानिसको प्रतिरक्षा क्षीण हुन सक्छ भन्ने कारणले हो । विशेषज्ञहरूका अनुसार सधैंका लागि नभई, केही वर्षका लागि, कोरोना भाइरसको परिवर्तित संस्करण देखापर्ने सम्भावना छ । यसर्थ यसप्रति सचेत, जागरुक रहेर विश्व स्वास्थ्य सङ्गठनले अघि सारेका सुझावहरूको अक्षरशः पालन गर्नु नै बुद्धिमानी हुनेछ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here