प्रस, जीतपुर, ४ कात्तिक/

गत दुई महीनामा रु १० करोडको राजस्व सङ्कलन गरी प्रदेश सरकार, स्थानीय सरकारलाई रकम बाँडफाँड गरिएको मालपोत कार्यालय सिमराका प्रमुख मालपोत अधिकृत हिमालय जीवी उपाध्यायले बताए ।

प्राप्त विवरण अनुसार चालू आव २०७८–०७९ को साउन–भदौ–असोज महीनामा रु १० करोड ३२
लाख ४४ हजार ४ सय ७९ राजस्व सङ्कलन गरी प्रदेश सञ्चित कोषमा ४० प्रतिशतले रु ४ करोड ४२ लाख ३५ हजार ३२८, मुख्यमन्त्री स्वच्छता अभियानमा १० प्रतिशतले रु १,०४,६२७६३, जीतपुरसिमरा उपमहानगरपालिकालाई ३२ प्रतिशतले रु ३ करोड २८ लाख ८४ हजार ७६८ निजगढ नगरपालिकालाई ९ प्रतिशतले रु ८९ लाख २ हजार ३२३, परवानीपुर गाउँपालिकालाई २ प्रतिशतले रु २३ लाख ७३ हजार ७२२, कलैयालाई एक प्रतिशतले रु ९ लाख ६० हजार ३२८ कार्यालयमा रहने, १ प्रतिशतले रु १० लाख र बेटी बचाऊ बेटी पढाऊ अभियानलाई, २ प्रतिशतले रु २३ लाख ९८ हजार २४६ बाँडफाँड गरिएको सो कार्यालयका लेखा अधिकृत तेजेन्द्र लम्सालले दिएको विवरणमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here