प्रस, वीरगंज, १४ असोज/

अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको अवसरमा बिहीवार पर्सा बहिरा सङ्घले ११औं साधारणसभा सम्पन्न गरेको छ ।

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले साधारणसभाको उद्घाटन गरेका थिए । महानगरपालिकाले शारीरिक र मानसिकरूपमा अपाङ्ग बालबालिकाहरूका लागि सञ्चालन गरेको विद्यालयमा पर्सा बहिरा सङ्घले साधारणसभा गरेको थियो । कार्यक्रममा उपप्रमुख शान्ति कार्कीलगायको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here