नयाँ दिल्ली, १४ असोज/सिन्ह्वा

अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतबीच भइआएको हवाई उडान शुरू गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबानी सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यस अघिका सबै हवाई उडान सञ्चालन गरिदिन आग्रह गरेका हुन् ।

यस अघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानीले सत्ता हत्याएपछि गएको अगस्त १५ पछि भारतले ती सबै उडान बन्द गरेको छ ।

तालिबानीहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरू देशहरूले पनि आफ्ना हवाई उडान रोकेका थिए । तर पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामाबाद काबुल उडान पुनः सञ्चालनमा ल्याएको छ ।

भारतजस्तै अरू कतिपय देशले अहिले पनि उडान पुनः सञ्चालनमा ल्याएका छैनन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here