प्रस, सिम्रौनगढ, २८ भदौ/

बाराको सिम्रौनगढको खजानी नाकाबाट भारततर्फ लगिरहेको ६० कार्टुन नेपाली मदिरा कस्तुरी सीमावर्ती भारतको जगिरहाबाट बरामद भएको छ । अठमुहानस्थित एसएसबीलाई देखेपछि मदिरा तस्करहरू भागेकाले मदिरा मात्रै बरामद भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ ।

साइकलमा लोड गरेको अवस्थामा साइकल नै छाडेर तस्करहरू फरार भएका थिए । उक्त साइकिलहरूसहित ६० कार्टुन मदिरा नियन्त्रणमा लिएको अठमुहानको एसएसबीका इन्स्पेक्टर उपेन्द्र मिश्रले जानकारी गराए ।

नियन्त्रणमा लिइएको मदिरालाई मोतिहारी उत्पाद विभागमा बुझाइएको उनले बताए । बिहारका केही स्थानमा भइरहेको पञ्चायतको चुनाव लक्षित गरेर नेपाली मदिरा तस्करी भइरहेको सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरूको ठम्याइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here