प्रस, जीतपुर, १७ भदौ/
मालपोत कार्यालय, सिमराले एक वर्षमा रु ४७ करोड राजस्व सङ्कलन गरेको प्रमुख मालपोत अधिकृत हिमालयजीवी उपाध्यायले बताएका छन् ।
प्राप्त विवरण अनुसार गत आव २०७७–०७८मा घरजग्गा रजिस्टे«शन दस्तुर रु २८ करोड ५३ लाख ८६ हजार, पुर्जा बिक्री सेवा शुल्क रु २९ हजार, सेवा शुल्क रु १४ लाख ९ सय, रोक्का शुल्क रु ३ करोड ५९ लाख ७९ हजार, विविध शुल्क रु ११ लाख २ हजार र पूँजीगत लाभकर रु १४ करोड ४७ हजार गरी कुल रु ४६ करोड ४० लाख ४० हजार राजस्व दाखिला गरेको जनाएको छ ।
बारा जिल्लाका साबिक ९८ गाविसमध्ये १२ गाविस रातोमाटे, पिपरासिमरा, भवानीपुरजीतपुर, छातापिपरा, रामपुर टोकनी, लिपनीमाल, बुनियाद, फत्तेपुर, डुमरवाना, मनहर्वा, निजगढ र इनर्वासिरा यस कार्यालय अन्तर्गत पर्छ ।
‘सरकारी सेवा घरदैंलोमा’ नेपाल सरकारको नीति बमोजिम २०७५/४/२९ गते यस कार्यालयको स्थापना भएको मालपोत कार्यालय बाराका प्रमुख मालपोत अधिकृत हिमालयजीवी उपाध्यायले प्रतीकलाई बताए । उनले सिमरामा मालपोत कार्यालय स्थापना भएपछि सेवाग्राहीहरूलाई कलैया जानुपर्ने बाध्यता अन्त्य भएको बताए ।