- विश्वराज अधिकारी
नेपालमा ज्यादै चल्ने विचारहरूमध्ये वामपन्थी विचार पनि एक हो । अर्को शब्दमा भन्ने हो भने यो विचार अहिले अग्रपङ्Íिमा छ । यो विचार बोकेर हिंड्ने राजनीतिक दल र नेता दुवै पक्षले चुनावमा अपार सफलता प्राप्त गरेको इतिहास छ । यति मात्र होइन, वामपन्थी विचार बोकेर वा वामपन्थीहरूले गरेका सङ्घर्ष, गृहयुद्ध, द्वन्द्व, विद्रोह आदि पनि सफल भएका छन् ।
वामपन्थीहरूले वा उनीहरूको सहयोगमा गरिएको आन्दोलनले शासक, व्यवस्था एवं संविधानसमेत परिवर्तन गरेको नेपालमा ताजा इतिहास छ । पञ्चायती व्यवस्था समाप्त पार्न २०४६ सालमा भएको सङ्घर्ष वामपन्थीहरूको प्रभावकारी सहयोगले नै सफल भएको थियो । माओवादीहरूले गरेको विद्रोह (२०५२ देखि २०६२) ले तत्कालीन सरकारी (संस्थापन) पक्षलाई उक्त विद्रोही पक्षसँग सम्झौता गर्न बाध्य पारेको थियो । र मुख्यगरी वामपन्थीहरूको सक्रिय प्रयासबाट नै नेपालमा राजतन्त्रात्मक पद्धतिको अन्त्य भएको थियो । काङ्ग्रेस र अन्य दलको भूमिका सहयोगीको मात्र थियो ।
नेपालमा वामपन्थीहरूको बलियो प्रभाव भए तापनि, नेपालको केन्द्रीय राजनीति वामपन्थी दलहरूको वरिपरि घुमे तापनि, नेपालमा आर्थिक विकास किन तीव्र गतिमा हुन सकेन ? गरीबहरूप्रति विशेष सहयोगात्मक भावना राख्ने वामपन्थी विचार बोकेर हिंड्ने वामपन्थी नेताहरूको ठूलो सङ्ख्या मन्त्री, प्रधानमन्त्री भए तापनि नेपालको आर्थिक विकास किन कछुवा चालमा सीमित हुन पुग्यो ?
नेपालको राष्ट्रिय अर्थनीति, योजना, कार्यक्रम आदिमा वामपन्थी नेताहरूको निर्णायक भूमिका एवं प्रभाव भए तापनि नेपालले किन तीव्र गतिमा आर्थिक विकास गर्न सकेन ? रोजगारको लागि घरपरिवार, समाज, देश छाडेर ठूलो सङ्ख्यामा नेपाली युवा विदेश जाने क्रम किन रोकिएन ? नेपाली प्रतिभाहरू किन ठूलो सङ्ख्यामा विदेशतिर पलायन भइरहेका छन् ?
माथिका प्रश्नहरूको उत्तर खोज्नुपूर्व आउनुहोस् नेपालमा वामपन्थी विचार किन अति लोकप्रिय छ, त्यसबारे चर्चा गरौं । नेपाललाई प्रचलित सामाजिक मनोवृत्ति, भूगोल र राजनीतिक व्यवस्था (पञ्चायत) ले थप गरीब पारेको हामीलाई राम्ररी थाहा छ । यी तŒवहरूले नेपालीलाई गरीबीको कुचक्रभित्र घुमाइ नै राखे । गरीबी वृद्धि भइ नै रह्यो । राष्ट्रिय समृद्धि बढ्न सकेन ।
बहुसङ्ख्यक वा चुनावमा निर्णायक भूमिका खेल्ने गरीब मतदाताहरू गरीब नै रहे । यस्तो स्थितिमा गरीबहरू वामपन्थी नेताहरूको विचारबाट प्रभावित हुनु र चुनावमा उनीहरूलाई मत दिएर विजयी गराउनु स्वाभाविक हुन पुग्यो । वामपन्थी विचार गरीबहरूको मुक्तिदाताको रूपमा प्रस्तुत र परिचित भएकोले गरीबहरूले वामपन्थी नेताहरूलाई चुनावमा विजयी गराउनु अनौठो होइन । यसरी गरीब मतदाताहरूले गैरवामपन्थी तर असल विचारका राजनीतिक नेताहरूलाई, ती गरीबप्रति सहानुभूतिशील भए पनि आफ्नो वर्गीय शत्रु देखे ।
तर वामपन्थी विचार भएका राजनीतिक नेता खराब, दुष्चरित्र भए तापनि वर्गीय मित्र देखे । गरीब मतदाताहरूको यो बलियो अवधारणा वा विश्वासले यतिसम्म काम ग¥यो कि उनीहरूले वामपन्थी विचार बोकेका तर प्रवृत्तिले खराब नेताहरूलाई पनि चुनावमा अत्यधिक मत दिएर विजयी गराए । असल प्रवृत्तिका गैरवामपन्थी विचार भएका नेताहरूलाई मत दिएनन् । यस कारणले गर्दा निर्णय तह (सरकार, संसद्, प्रशासन आदि) मा वामपन्थीहरूको सङ्ख्या त बढ्यो तर गरीबीविरुद्ध लडाइँमा सक्रिय रहने नेताहरूको सङ्ख्या बढेन । देश र जनताको सेवामा समर्पित र इमानदार नेताहरू संसद्सम्म पुग्न सकेनन् ।
अर्कोतिर भोलिका दिनमा गरीबीबाट मुक्ति पाइएला भन्दै गरीब मतदाताहरूले निर्वाचित गरेर पठाएका वामपन्थी नेताहरू केवल शक्तिको खेलमा लिप्त रहे । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने २००७ सालदेखि अहिलेसम्म सर्वाधिक विभाजन, गृह कलह, मतभेद वामपन्थी दलहरूमा भएको छ । अधिकांश वामपन्थी नेताहरू (केही अपवादलाई छाडेर) राष्ट्रिय गरीबी निवारणका लागि होइन, अहम् पूर्तिका लागि राजनीतिमा लागेको हुनाले त्यस्तो हुनु अस्वाभाविक पनि होइन ।
हुनत नेपाली काङ्ग्रेस, मधेसी दल, सबैतिर व्यक्तित्वको सङ्कट छ तर सर्वाधिक व्यक्तित्व सङ्कट वामपन्थी दलमा छ । माधव नेपाल र केपी ओलीबीचको द्वन्द्व पनि व्यक्तित्व सङ्कटको परिणाम हो । यी दुईको व्यक्तित्व–टकरावले अधिकांश वामपन्थीहरू कौरव र पाण्डव सरह विभाजित छन् ।
नेपालमा वाम विचार गरीबी निवारणका लागि होइन, चुनावमा विजयी हुन (गरीबलाई लोभ्याउने) प्रभावकारी माध्यमको रूपमा प्रयोग भएको छ । अर्थात् वाम विचार बल्छीमा गाँसिएको ‘चारा’ भएको छ । र त्यो चारा (वाम विचार) ले माछा (मतदाता आफ्नो पक्षमा ल्याउने) समात्ने काम गरिरहेको छ । आम मतदाता दशकौंदेखि माछाजस्तै बल्छीमा फस्दै आएको छ ।
चीनमा प्रचलित वाम विचारले त्यस देशको आर्थिक विकासमा महŒवपूर्ण भूमिका खेलेको छ । हामी कहाँ उल्टो वाम विचारले वैचारिक शोषण गरेर जनतालाई थप गरीब बनाउने काम गरेको छ । सङ्क्षेपमा भन्ने हो भने नेपालको राष्ट्रिय अर्थतन्त्र वाम विचारको भारीले थिचिएको छ । वाम विचारको छायामा परेको छ ।
नेपालको राजनीतिक अवस्था र अर्थ व्यवस्था दुवैलाई सर्वाधिक अस्तव्यस्त वामपन्थी आन्दोलनहरूले नै पारेका छन् । अर्थ व्यवस्थाका दुई आधारभूत स्तम्भ– आयात र निर्यातलाई नराम्ररी हल्लाएका छन् । माओवादी आन्दोलन (२०५२–२०६२) को समयमा नेपालको औद्योगिक एवं व्यापारिक अवस्था कुन स्थितिमा पुग्यो त्यो हामीले देखेभोगेकै कुरा हो ।
ओली सरकार (वामपन्थी सरकार) निर्माण भएदेखि, उक्त सत्तारूढ दलभित्र खिचलो शुरू भएपछि राष्ट्रिय राजनीति नै अस्थिर हुन पुग्यो । गरीबी निवारणका लागि प्रभावकारी हुने योजना तथा कार्यक्रमहरूको निर्माण एवं कार्यान्वयन हुन सकेन । निर्णय तहमा बस्ने (प्रम, मन्त्री, सांसद, उच्च प्रशासक आदि) व्यक्तिहरूको समय केवल कलहमा खर्च भयो । विकास एवं निर्माण कार्यमा खर्च हुन सकेन ।
यसरी राष्ट्रिय अर्थ व्यवस्था गरीबीलाई भ¥याङ बनाएर आफ्नो उच्च राजनीतिक महŒवाकाङ्क्षा पूरा गर्ने केही वामपन्थी नेताहरूद्वारा नराम्ररी थिचिन पुगेको छ । राष्ट्रिय अर्थ व्यवस्थालाई उठ्न कठिन भइरहेको छ ।
वामपन्थी नेताहरूले कुर्सी–मोह त्याग गरी जनताको निस्स्वाथ काम गर्न आरम्भ नगरेसम्म जनताले गरीबीबाट मुक्ति पाउन कठिन छ ।
वामपन्थी नेताहरूलो आफ्नो बोली र व्यवाहरमा समानता ल्याउन आवश्यक छ । यदि उनीहरू जनतालाई गरीबीबाट मुक्ति दिने विचार बोकेको ठान्छन् भने सोही अनुसार गरीबी निवारणतर्फ अग्रसर हुनुपर्छ ।
आफ्नो गाउँ, शहर, समाज र समग्र देशको आर्थिक विकास गर्न, सीमान्तकृत गरीबहरूको आर्थिक स्थितिमा सुधार ल्याउन कुनै रानीतिक सिद्धान्त नै बोक्नुपर्छ भन्ने छैन । राजनीति नगरेर पनि देश र जनताको सेवा गर्न सकिन्छ । बङ्गलादेशका उद्यमी, बैंकर एवं अर्थशास्त्री मुहम्मद युनुसजस्तो गरीबहरूको हितका लागि निस्स्वार्थ काम गर्न सकिन्छ । बङ्गलादेशमा व्याप्त गरीबी कम पार्न उनले ठूलो योगदान पु¥याए ।
युनुसले स्थापना गरेका ‘ग्रामीण बैंक’ र स्वयंको सक्रिय प्रयासमा हजारौं गरीब बङ्गलादेशीहरूको आर्थिक स्थितिमा सुधार आयो । युनुसको कुनै राजनीतिक दलसँग टाढाको पनि साइनो छैन । गरीबी निवारणका लागि उनले कुनै वाद (साम्यवाद, समाजवाद, पूँजीवाद) पनि प्रयोग गर्नुपरेन । गरे त केवल निस्स्वार्थ भाव प्रयोग । युनुसको यही निस्स्वार्थ भावले उनलाई ‘नोबेल शान्ति पुरस्कार’ प्राप्त गर्न सहयोग ग¥यो ।
युनसले गरीबहरूका लागि काम गरेबापत ‘युनाइटेड स्टेट्स प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ (२००९) र ‘कंग्रेसनल गोल्ड मेडल’ (२०१०) प्राप्त गरिसकेका छन् । केवल एक व्यक्तिको सोचले एउटा राष्ट्र मात्र होइन, संसारभरिका गरीबहरूको आर्थिक दशामा सुधार ल्याउन सकिन्छ भन्ने कुरा युनुसको सफलताबाट ज्ञात हुन्छ ।
वामपन्थी नेताहरूले वाम विचारलाई केवल चुनाव जित्ने रणनीतिको रूपमा प्रयोग नगरेर देशको आर्थिक विकासमा प्रयोग गर्नुपर्ने बेला आएको छ । वाम विचारको लोभ्याउने ‘ललिपप’ बाट देशको अर्थतन्त्रलाई जोगाउनुपर्ने बेला आएको छ । नेपाली अर्थतन्त्र वाम विचारको छायामा परेर फस्टाउन नसकेको धेरै भयो ।
खासमा भन्ने हो भने वामपन्थी विचारका पहिलो तहका नेताहरूले अब त राजनीतिबाट सन्यास लिए हुन्छ । नयाँनयाँ नेताहरूलाई देश विकास गर्ने अवसर दिए हुन्छ । यी नेताहरूले अब जनतालाई वामपन्थी विचाररूपी ललिपप (गरीबको हितमा कार्य गर्ने वा गरीबी निवारण गर्ने) देखाएर गरीब जनताको शोषण गर्ने काम बन्द गर्नुपर्छ ।