प्रस, सप्तरी, १५ भदौ/

प्रदेश नं २ का प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक उमेश रञ्जीतकारले नागरिक सेवालाई प्रहरीले सर्वाेपरी ठान्नुपर्ने बताएका छन् ।

प्रदेश प्रहरी तालीम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा सञ्चालित प्रहरी जवान आधारभूत तालीमको मङ्गलवार राजविराजमा आयोजित दीक्षान्त समारोहमा उनले समाजले खोजेको असल पात्रका रूपमा प्रहरीले सेवा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश प्रहरी प्रमुख रञ्जीतकारले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा दज्र्यानी चिह्न प्रदान गरेका थिए । बितेको मङ्सिर ३ गतेबाट सञ्चालित उक्त तालीममा २०३ जना सहभागी थिए ।

सो अवसरमा तालीम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रशिक्षार्थीलाई शपथ गराएका थिए । तालीममा प्रहरीलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यक ज्ञान, सीप र कला सिखाइएको प्रदेश प्रहरी तालीम केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here