प्रस, ठोरी, १२ भदौ/

श्रीकृष्ण जन्माष्टमीको अवसरमा अमृत युवा क्लब ठोरी–२ सुन्दरबस्तीको कृष्ण मन्दिरको खेल मैदानमा जारी फूटबल खेलको दोस्रो सेमिफाइनलमा निर्मल समाज क्लब ठोरी–१ ले विजयबस्ती फूटबल टिम ठोरी–४ लाई ०–१ गोल अन्तरले हरायो ।

मध्यान्तरसम्म कुनै पनि टिमले गोल गर्न सकेन । मध्यान्तरपछिको खेलमा निर्मल समाज क्लबका जर्सी नम्बर ७ का कृजन मगरले पाएको अवसर सदुपयोग गर्दै फाइनल खेलमा वनशक्ति स्पोट्र्स क्लबसँग भेट पक्का भएको हो । वनशक्ति स्पोट्र्स क्लब यस अघि नै फाइनल प्रवेश गरिसकेको छ ।

आजको खेलको म्यान अफ द म्याच निर्मल समाज क्लबका गोलरक्षक सन्दिप तामाङ घोषित भए । म्यान अफ द म्याच भएका खेलाडीलाई वडा नं १ का वडाध्यक्ष रामप्रकाश कुँवरले मेडल, टीका र खादा ओढाइ पुरस्कृत गरेका थिए ।

श्रीकृष्ण जन्म अष्टमीको दिन फाइनल खेल हुने आयोजक समितिका अध्यक्ष यादवराज कुँवरले जानकारी दिए ।

खेलको प्रथम पुरस्कार अमेरिका बस्दै आएका सुन्दरबस्ती स्थायी घर भएका सन्तोष गुरुङले प्रायोजन गरेका छन् भने दोस्रो पुरस्कार नाङ्साल बेकरी ठोरी–२ आअले प्रायोजन गरेको तथा खेलभरि सर्वाधिक गोलकर्तालाई दिने पुरस्कारको ठोरी–२ चोकबजारमा रहेको रूपाखेती कलेक्शनले प्रायोजन गरेको आयोजक समितिका सचिव शम्भु गुरुङले जानकारी दिए ।

खेलमा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल, कप र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई नगद रु १५ हजार, मेडल, कप तथा प्रमाणपत्र तथा पुरस्कार दिने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here