प्रस, बिरुवागुठी, १० भदौ/

पर्सागढी नगरपालिकाका विद्यालयहरू बिहीवारदेखि सञ्चालनमा आएका छन्।

चैत महीनादेखि कोरोना सङ्क्रमणको कारण बन्द रहेका विद्यालयहरू नयाँ शैक्षिक सत्र शुरू भएको दुई महीनापछि आजदेखि सञ्चालनमा आएका हुन्। पर्सागढी नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा कक्षा ८ देखि १२ सम्म सञ्चालनमा आएका हुन्।

नगरपालिकाले विद्यालय सञ्चालनपूर्व सरसफाइ गरी विसङ्क्रमित गरेको थियो। भदौ ४ गते नगरपालिका प्रतिनिधि र शिक्षक प्रतिनिधिबीच विद्यालय सञ्चालन सम्बन्धमा सहमति भएपछि आजदेखि विद्यालयहरू सञ्चालनमा आएका हुन्। विद्यालय सञ्चालनमा आएको आज पहिलो दिन वर्षा भएकोले शिक्षक, विद्यार्थीहरूको उपस्थिति न्यून थियो। विद्यालयमा सहभागीहरूले मास्कको प्रयोग कमै गरेको पाइयो।

पर्सागढी नगरपालिकामा सामुदायिक विद्यालय मावि तहका तीन, आधारभूत तहका आठ र प्रावि तहका १९ वटा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here