वर्षाका कारण भैंसीपालनमा समस्या

0
44

प्रस, पर्सागढी, १० भदौ/

यता केही दिनदेखिको वर्षाका कारण पर्सागढी नगरपालिकाका भैंसीपालकहरूलाई समस्या भएको छ।

भैंसीपालन गर्ने किसानका अनुसार अहिले भैंसीहरू चर्ने ठाउँमा पानी जमेको र खोला किनारमा बाढीले गर्दा हिलो भएकोले वस्तुहरू गोठमैं थुपार्नुपरेको छ। एकजना किसानले गाई, बाख्रा गोठमा राखेर पाल्न सकिए पनि भैंसीपालनमा भने समस्या भएको बताए। उनले भैंसीलाई कमसेकम खोला, कुलोमा धोएर घुमाउनुपर्छ, यसो गर्दा भैंसीहरू आफ्नो इच्छा अनुसार घाँसपात चर्छन्, उनीहरूको नङ बढ्दैन, बाहिरी हावापानीले गर्दा रोग लाग्दैन। तर अहिले त्यस्तो अवस्था नहुँदा भैंसीपालकहरूलाई समस्या भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here