प्रस, वीरगंज, १० भदौ/

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज्योति रूँगटाको आर्थिक सहयोगमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले वीरगंजका दुई स्थानमा स्पीड ब्रेकर लगाएको छ।

विभिन्न समयमा वीरगंजका विभिन्न स्थानमा रबरको स्पीड ब्रेकर लगाउँदै आएको ग्रीन सिटीले आज वीरगंज महानगर–१० स्थित एसबिआई बैंकअगाडि र वीरगंज महानगर–६ रेशमकोठी चोकमा लगाएको हो।

प्रहरी चौकी आदर्शनगरका प्रनानि हीराबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष प्रदीप चौरसिया, ग्रीन सिटीका प्रकाश खेतान, सञ्जय शर्मा, व्यवस्थित वीरगंजका दिलीपराज कार्की, रूँगटा वेलफेयर सोसाइटीका सुरेश रूँगटालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here