प्रस, पंचगावाँ, ९ भदौ/

पटेर्वासुगौली गाउँपालिका–२ बेलवामा नेपाली काङ्ग्रेसको क्षेत्रीय भेला सम्पन्न भएको छ।

क्षेत्र नं ३ का उपाध्यक्ष पारस साह कानूको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले पार्टीमा गुट, उपगुट र अन्तर्घाती हावी भएको बताए। उनले कसैको प्रभावमा नपरी एक ढिक्का भएर अगाडि बढ्न सुझाव दिए।

भेलामा जिल्ला सदस्य दिनेश चौधरी, ममता महतो, श्रीकिसुन चौधरीलगायतको सहभागिता थियो। कार्यक्रमको सञ्चालन जिल्ला सदस्य शैलेन्द्र यादवले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here