प्रस, वीरगंज, ९ भदौ/

इलाका प्रहरी कार्यालय, सिमराले १५ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

पथलैयाबाट वीरगंज आउँदै गरेको ना.४६प ५९३१ नम्बरको मोटरसाइकलमा सवार निजगढ नगरपालिका–१३ बस्ने ३३ वर्षीय दीपक पाख्रिन र पछाडि बस्ने २५ वर्षीय बाबुराम वाइवा चढेको मोटरसाइकल जीतपुरसिमरा उपमहानगर–५ मा चेकजाँच गर्दा पछाडि बसेका वाइवाले बोकेको झोलाबाट १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

यसैगरी, लागूऔषध मुद्दामा तीन वर्षदेखि फरार विश्रामपुर गाउँपालिका–१ बस्ने ५५ वर्षीय पन्नालाल साह तेलीलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रनाउ गौतम मिश्रले बताएका छन्। २०७५/१/२४ मा बारा जिल्ला अदालतले दुई वर्ष कैद १५ हजार जरिवाना गरेपछि फरार रहेका तेलीलाई भदौ ८ गते पक्राउ गरेको र अदालतको आदेशमा सजाय भुक्तानको लागि वीरगंज कारागार चलान गरेको उनले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here