वाशिङ्टन, ५ भदौ/सिन्ह्वा
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विक्षयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् ।
उनले भने, अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गरेर ठीक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता ग¥यो, त्यो सही छ ।
उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विक्षयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताए ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विक्षयमा उनले पहिले पनि आफ्नो निर्णयको बचाउ गर्दै आएका छन् । उनले यसअघि पनि पटक–पटक आफ्नो निर्णयमा आफू कटिबद्ध रहेको बताउँदै आएका छन् ।
अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । अमेरिकाले अवैज्ञानिकरूपमा आफ्नो सेना फिर्ता गर्दा अफगानिस्तानलाई तालिबानले कब्जा गरेको भनिएको छ ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि १५ अगस्तमा नै तालिबानी सत्तामा पुगेका छन् । आइतवार तालिबानले लडाइँ जितेको घोक्षणा पनि गरेको थियो ।
अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनः सत्तामा आएसँगै अफगानिस्तानमा करीब २० वक्र्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरूपमैं अन्त्य भएको छ ।
अफगानिस्तानको सेनाले आफ्नो देश कब्जा हुन नदिन देशको लागि लड्न नसकेको यसअघि पनि बाइडेनले बताएका थिए ।
विश्वका अमेरिकालाई साथ दिएका कतिपय देशले अमेरिकी यस कार्यप्रति प्रश्न उठाउँदै आगामी दिनमा विश्वासको सङ्कट हुन सक्ने बताएका थिए ।
अमेरिकी राष्ट्रपति बाइडेनले भने यो कसैले प्रश्न गर्ने विक्षय नभएको र अफगान मुद्दाका कारण आगामी दिनमा विश्वका आफ्ना गठबन्धन सदस्यसँग अविश्वासको प्रश्न नै नआउने भनेका छन्। रासस