वनशक्ति युवा स्पोट्र्स क्लब ठोरी र वनशक्ति स्पोट्र्स क्लब विजयी

0

चिरञ्जीवी सापकोटा, ठोरी, ५ भदौ/

अमृत युवा क्लब ठोरीले शुक्रवारदेखि आयोजना गरेको नकआउट फूटबल प्रतियोगिताको दोस्रो दिन शनिवार वनशक्ति युवा स्पोट्र्स क्लब ठोरी र वनशक्ति स्पोट्र्स क्लब विजयी भएका छन् ।
आज भएको पहिलो खेलमा निर्धारित समयमा हरियाली क्लब हनुमाननगर र वनशक्ति युवा स्पोट्र्स क्लब ठोरीबीच २–२ गोलको बराबरी भएको थियो ।

टाइब्रेकरमा वनशक्ति युवा स्पोट्र्स क्लब ठोरी विजयी भएको हो । टाइब्रेकरमा चारका विरुद्ध पाँच गोल गरी ठोरी विजयी भएको थियो । उक्त खेलको ‘म्यान अफ दि म्याच’ ठोरीका आकाश बोट घोक्षित भए ।

दोस्रो खेलमा वनशक्ति युवा क्लबले डाङ्डुङ्गे क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित ग¥यो । वनशक्तिको तर्फबाट प्रशान्त लामाले १ र मन्दीप लामाले २ गोल गरेका थिए भने डाङ्डुङ्गे क्लबका सुरेश खवासले मात्र एक गोल गरे ।

दोस्रो खेलको म्यान अफ दि म्याज वनशक्ति स्पोट्र्स क्लबका मन्दीप लामा घोक्षित भए ।
आयोजक कमिटीका सचिव शम्भु गुरुङले आइतवार जनै पूर्णिमा र रक्षाबन्धन भएकोले खेल नहुने बताए । उनले सोमवार दुईवटा खेल हुने जानकारी गराए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here