प्रस, पोखरिया, ३ भदौ/

पोखरिया नगरपालिकाबाट सञ्चालित अटो, ईरिक्शासमेत छोटो दूरीका भाडाका सवारीसाधन सञ्चालकले तोकिएको दररेटमा यात्रु ओसार्ने कुरामा सहमति गरेका छन् । पोखरिया नपाकी उपप्रमुख सलमा खातुनको पहलमा भाडाका सवारीसाधन सञ्चालकहरूसँग आज वार्तापछि यात्रुसँग तोकिएको भाडा लिने कुरामा सहमति भएको हो ।

उपप्रमुख खातुनको कार्यकक्षमा प्रशासन प्रमुख विजयकुमार झा  र  भिस्वा–पोखरिया–वीरगंज रूटमा चल्ने गहवामाई अटो सञ्चालक सङ्घका अध्यक्ष कृष्ण वर्णवाल, धनञ्जय गिरीलगायतको सहभागितामा भएको छलफलपछि जिल्ला प्रशासन कार्यालय पर्साले तोकेको दररेटका आधारमा यात्रुसँग भाडा लिने कुरामा सहमति कायम भएको हो ।

जिल्ला प्रशासनले तोकेको किलोमिटरको भाडादरभन्दा ग्रामीण क्षेत्रमा सञ्चालित छोटो दूरीका सवारीसाधनले यात्रुसँग चर्काे भाडा लिइरहेको गुनासो र सोही विक्षयलाई लिएर चालक र यात्रुबीच दैनिक विवाद हुन थालेपछि पोखरिया नगरपालिकाले भाडादर कायम गर्न सरोकारवालासँग छलफल गरेर सहमति कायम गरेको उपप्रमुख खातुनले बताइन् ।

एक साताभित्र जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादर लागू गर्ने विक्षयमा सहमति बनेको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here