नारायणी अस्पतालमा कोरोना सङ्क्रमित शून्य

0

प्रस, वीरगंज, ३ भदौ/

नारायणी अस्पतालको कोरोना वार्ड अहिले खाली भएको छ । सङ्क्रमित भर्ना नभएर केही दिनदेखि अस्पतालको कोरोना वार्ड खाली रहेको मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले बताए।

नारायणी अस्पतालमा अहिले ३० शøयाको कोरोना वार्ड छ । मेसु डा प्रधानले आवश्यकता परेको खण्डमा तत्काल ६० शøया र केही दिनको अन्तरालमा १७५ शøयासम्म पु¥याउन सकिने बताए । उनले पछिल्लो चरणमा सङ्क्रमित सङ्ख्या घटिरहेकाले सोही अनुसार शøया सङ्ख्या पनि कम भइरहेको र बाँकी शøया अन्य शाखामा स्थानान्तरण गरिएको बताए । अस्पतालमा अहिले कोरोना सङ्क्रमितको लागि छुट्टै ६० शøयाको अस्पताल निर्माण हुँदैछ । ठेक्का लागेर काम शुरू भइसकेको र तीन महीनाभित्र ठेकेदारले घर निर्माण गरेर दिने प्रतिबद्धता जाहेर गरेको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पर्सा जिल्लामा साउन ३२ गतेसम्मको तथ्याङ्क अनुसार २२ जना सक्रिय सङ्क्रमित रहेको बताए । उनले नारायणी अस्पतालको शøया खाली भएको र सक्रिय सङ्क्रमितहरू होम आइसोलेशनमा रहेको जानकारी गराए ।

यसैगरी, दोस्रो चरणको कोरोनामा पर्सा जिल्लाका विभिन्न अस्पतालबाट तीन हजार १२६ जना बिरामी उपचार गरेर घर फर्केको, यो अवधिमा १४० जनाको मृत्यु भएको र अन्य जिल्लाका २०३ जनाको पर्सा जिल्लाका अस्पतालमा मृत्यु भएको बताए ।

यसैगरी, दोस्रो चरणमा कोरोनाबाट तीन हजार ४७७ जना सङ्क्रमित भएको, १५ हजार २४० जनाको पिसिआर परीक्षण भएको र ५ हजार ७३३ जनाको एन्टिजेन परीक्षण भएको बताए ।

पर्सा जिल्लामा पहिलो चरणको खोप ७१ हजार ७६६ जनाले लगाएको र दोस्रो चरणको खोप ४९ हजार ५०३ जनाले लगाएको सप्रजिअ पौडेलले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here