प्रस, वीरगंज, ३१ वैशाख/

विन्दवासिनी गाउँपालिकाले २५ शøयाको आइसोलेशन कक्षसहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको छ ।

कोरोनाको दोस्रो लहर तीव्ररूपमा समुदायमा फैलिएपछि सङ्क्रमितको उपचारको लागि २५ शøयाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बताए ।

विन्दवासिनी गापा-२ बहुअर्वाभाठास्थित राधाकृष्ण माध्यमिक विद्यालयमा २५ शøयाको आइसोलेशन कक्ष तयारी गरिएको गापा प्रमुख श्रीलाल साह मोदीले बताए । उनले आइसोलेशन कक्षमा अक्सिजनसहितको व्यवस्था गरिएको र सङ्क्रमितहरूलाई सबै कुरा निश्शुल्क उपलब्ध गराउने बताए ।

यसैगरी सङ्क्रमितहरूलाई ल्याउन, लैजानका लागि एम्बुलेन्सको व्यवस्था गरिएको र आवश्यकता परे आफूले चढ्ने गाडी पनि सोही प्रयोजनमा लगाउने उनले प्रतिबद्धता जाहेर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here