रौतहटमा निषेधाज्ञा एकसाता लम्बियो

0

प्रस, रौतहट, ३१ वैशाख/

रौतहटमा निषेधाज्ञा एकसाता थप गरिएको छ ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको  बैठकले जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्न सिफारिश गरे अनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निषेधाज्ञा अवधि सात दिन थप गरेका हुन् ।

यस अघि वैशाख २४ गते राति १२ बजेदेखि शुक्रवार आज वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको थियो । योसँगै अब जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा अवधि बढेको छ । निषेधाज्ञामा खाद्य सामग्री, किराना पसल, फलफूल, तरकारीका पसल हप्ताको दुई दिन सोमवार र बिहीवार खुल्नेछ भने बैंक तथा वित्तीय संस्थाहरू २० प्रतिशत जनशक्ति प्रयोग गरी हप्ताको दुई दिन आइतवार र बुधवार मात्र खुला रहने छ । माछा मासुको बिक्रीमा भने रोक लगाइएको छ । निषेधाज्ञामा औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प, उद्योग, कलकारखाना २४ सै घण्टा खुला राख्न भनिएको छ ।

विवाह, मृत्युमा २५ जनाभन्दा बढी सहभागी नहुन र मास्क स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आदेश जारी भएको छ । यसको बर्खिलाप हुने गतिविधिविरुद्ध सङ्क्रमक रोग ऐन-२०२० अनुसार कार्यवाही गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here