कोरोनाले अहिले हाहाकार मचाएको छ । कुनै एक क्ष्ँेत्र होइन, सबै क्ष्ँेत्रमा । निषेधाज्ञाले घरमा बस्न विवश मानिसमा रोजीरोटीको चिन्ता, जसलाई पुगिसरी आएको छ उसलाई उद्योग–व्यापारको चिन्ता, बिरामीलाई उपचार नपाएको चिन्ता, आफन्तलाई आँखा अगाडि आफ्ना प्रियजनले भोग्नुपरिरहेको पीडाको चिन्ता, अस्पतालहरूमा चिकित्सक, आवश्यक उपकरण नभएको चिन्ता, राजधानीजस्तो ठाउँका अति सम्पन्न र डिलक्स होटलजस्तो सुविधा दिएर नाफाको असीम सम्भावना बनाएकालाई अक्सिजन नपाउँदाको चिन्ता । चिन्तैचिन्ता छ, सर्वत्र । किनकि हामी एकपक्ष्ँीय सोच भएका मानिस हौं । कुनै पनि समस्याको एउटा पक्ष्ँ, जुन सामुन्ने छ, जुन प्रत्यक्ष्ँ छ, त्यसबारे मात्र सोच्छौं । यस्तोमा साधनहीनता चरममा छ । एउटा सामान्य बिरामीबाट हजारौं, लाखौं कमाउने फाइभस्टार अस्पतालहरूले के अक्सिजन प्लान्ट राख्न सक्दैनन् र अक्सिजनको अभावमा अस्पताल बन्द गर्ने धम्की दिन्छन् । बन्द होइन, आफ्नो महŒव दर्शाउन रोगी भर्ना नगर्ने चेतावनी दिन्छन् । अस्पताल त चालू नै छ, अक्सिजन छैन, जबकि हाहाकार मचाएको कोभिड–१९ सङ्क्रमितका लागि पहिलो आवश्यकता नै अक्सिजन हो ।

यो शृङ्खला यहीं समाप्त हुनेवाला छैन । दोस्रो लहरको कोरोनाले मानिस र सरकारहरूलाई आजित पारिसकेको छ, जबकि तेस्रो लहर पनि कोरोना आउने स्वास्थ्यविज्ञहरूले घोषणा गरिसकेका छन् । त्यसको मारक क्ष्ँमता झन् कति होला, अहिले नै अनुमान लगाउन सकिन्न । यस्तोमा यस महामारीसँग जुझ्न हामीले जाबो अक्सिजनमात्र होइन, अक्सिजन सिलिन्डरको पनि अभाव खेपिरहेका छौ । देशमा थुप्रै फलाम कारखानाहरू छन्, ग्याँस सिलिन्डर बनाउने नै कैयौं कारखाना छन् । तिनलाई सिलिन्डर बनाउने काममा अघि सर्न कसले रोकेको छ ? कि उनीहरूको लगानी अनुसार नाफा हुँदैन भन्ने चिन्ता छ ? यस्तो हो भने सरकारले अनुदान दिएर भए पनि किन उत्पादन गराउन सक्दैन ? प्रश्न थुप्रै छन्, तर जवाफ दिने कोही छैन । जवाफ दिने कोही नभएको होइन, जवाफ दिने मनसाय नराखेको हो । जवाफ दिनुको अर्थ हो, काम गर्नु, र काम कोही गर्न चाहँदैन । देशमा थुप्रै औषधि निर्माताहरू छन्, अकूत धन कमाएका छन्, तिनले कोभिड १९ विरुद्ध खोप बनाउन किन पाइला सार्दैनन् ? ठूलो लगानी लगाएर खोप बनाउन थालेपछि कहीं महामारी नै हराउने हो कि ?

नाफा प्रमुख छ । केही सामाजिक संस्थाहरू छन्–सरकारी, गैरसरकारी, जसले आफ्नो क्ष्ँमता अनुसार यस्तो घडीमा मानवीय सेवा पुर्‍याइरहेका छन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, सञ्चारकर्मी जो सबै आतङ्क र स्वास्थ्य असुरक्षाबीच काम गरिरहेका छन् । तर तिनको एउटा सीमा छ, तिनले वर्तमान सङ्कट व्यवस्थापनमा सहयोग पुर्‍याउने मात्र हो । मूल काम त उपचार, उपचारका उपकरण र औषधि हो । यस्तो बेला पनि भएका उपकरणहरू बिग्रनु, उपयोग हुन सकेर खिया पर्नुलाई यस देशका नागरिकको दुर्भाग्य नै भन्नुपर्छ । तर निराश हुनुपर्नेजस्तो केही छैन । हो केही नागरिकको मृत्यु भएको छ, धेरैजना जीवनमरणको दोसाँधमा छन्, तर धैर्य र संयम राखेर स्वास्थ्य मापदण्डको पालना मात्र गर्न नागरिक तम्सिने हो भने कोरोनाको सङ्कट सहज टरेर जानेछ । यी सब काम गर्ने सरकार हो, तर सरकार चलाउनेहरू निपट स्वार्थ र सत्ताखेलमा तल्लीन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here