प्रस, वीरगंज, २९ वैशाख

वीरगंजमा थप तीनजनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा दुईजना र नेशनल मेडिकल कलेजको बाबा होटलको कोभिड अस्पतालमा एकजना गरी तीनजनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवका अनुसार नारायणी अस्पतालमा बारा, परसौनी गापा–२ का ५७ वर्षीय पुरुषको गए राति १० बजे उपचारको क्रममा मृत्यु भएको थियो भने बुधवार बिहान १ बजे पर्सा, छिपहरमाई गापा–५ भिस्वाका ७२ वर्षीय पुरुषको उपचारको त्रममा नारायणीमैं मृत्यु भएको छ ।

त्यसैगरी बारा, जितपुरसिमरा उपमहानगरपालिका –३ बजनीका ६८ वर्षीय वृद्धको उपचारको क्रममा बुधवार बिहान ६ बजे नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड अस्पतालमा मृत्यु भएको छ । नारायणीमा मृत्यु भएका बारा

परसौनीका सङ्क्रमितलाई वैशाख २० गते अस्पताल भर्ना गरी सोही दिन एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको थियो भने छिपहरमाईका सङ्क्रमितलाई वैशाख २३ गते अस्पताल भर्ना गरी उपचार भइरहेको थियो । उनको पनि सोही दिन एन्टिजेन पोजेटिभ आएको थियो ।

नारायणीमा मृत्यु भएका दुवैको कोभिड निमोनियाको कारण  दुवै फोक्सो खराब भएर श्वासप्रश्वासमा समस्या उत्पन्न भई मृत्यु भएको जनाइएको छ ।

त्यसैगरी बाबा होटलको कोभिड अस्पतालमा अक्सिजन सपोर्टमा राखिएका सङ्क्रमितको भेन्टिलेटरको अभावमा मृत्यु भएको जनाइएको छ । यसैगरी म·लवार वीरगंजको विभिन्न अस्पतालमा गरी थप सातजनाको मत्यु भएको थियो भने सोमवार १० जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here