प्रस, वीरगंज, १९ वैशाख/
नारायणी अस्पताल वीरगंजले सङ्क्रमितहरूको डायलोसिस शुरू गरेको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा करीब डेढ सातादेखि दैनिक डेढ सयभन्दा बढी सङ्क्रमित पुष्टि भइरहेको र सोमध्ये मिर्गौलीरोगी पनि सङ्क्रमित भएकाले उनीहरूको डायलोसिस सेवा आइतवारदेखि शुरू गरिएको अस्पतालका प्रवक्ता डा. सरोजरोशन दासले बताए ।