प्रस, गरुडा, १६ वैशाख/
इलाका प्रहरी कार्यालय गरुडाले तपाईंको मास्क खोइ ? अभियान शुरू गरेको छ।
कोरोना भाइरसबाट जोगिन मास्कको प्रयोग अनिवार्य गर्न अभियान शुरू गरिएको इप्रका गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले बताए।
अभियान अन्तर्गत हालसम्म २ हजार ५ सयभन्दा बढी सर्वसाधारणलाई सम्झाइबुझाइ गरेको, अटेर गर्ने १८१ जनालाई रु १ सयको दरले जरिवाना गरी रु १८ हजार १ सय जरिवाना असुल गरेको र १ हजारभन्दा बढी मास्क वितरण गरेको उनले बताए।
प्रहरीहरू सडकमा हातमा प्लेकार्डसहित सर्वसाधारणलाई मास्क लगाउन सुझाव दिंदै आएको उनले बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here