स्कार्पियोको ठक्करबाट आलमको मृत्यु

0

प्रस, वीरगंज, १६ वैशाख/
वीरगंज महानगर–२६ अठराहामा जन्ती आएको स्कार्पियोको ठक्करबाट गएराति एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँ निवासी ४५ वर्षीय मकसुद आलम रहेको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ। ना.४प २०३१ नंको स्कार्पियोले बाटोमा हिंडिरहेका आलमलाई राति ८ बजे ठक्कर दिएको थियो। घाइते आलमलाई उपचारको लागि वीरगंज हेल्थकेयरमा लगेको र राति १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी वडा प्रहरी कार्यालय श्रीपुरमा छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here