प्रस वीरगज, ४ बैशाख/
पर्साको धोबिनी गाउँपालिका–४ लङ्गडीका बासिन्दाले विकासको लागि निकास दिए पनि अहिले राजनीति शुरू भएको छ।
सोही गाउँपालिका वडा नं ४ टोल बखरीदेखि लङ्गडी हुँदै जगरनाथपुरसम्म नालासहित कालोपत्रे करीब ३ किलोमिटर सडक सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको छ।
२०७३ सालमा सो सडकको ठेक्का भएको तर स्थानीयले आवश्यकता अनुसार सडकको लागि जग्गा नदिंदा काम रोकिएको थियो।
सडकछेउका बासिन्दाले आफ्नो घर नभत्काउँदा सोही बेलादेखि काम रोकिएको थियो। त्यस लगत्तै देशमा सङ्घीयता आएपछि सडकको स्वामित्व कसले लिने बहस शुरू भयोे। अन्तमा सङ्घ सरकारले सो सडक बनाउन पुरानै ठेक्कालाई सदर गर्दै मूअकसहित ५ करोड १ लाख ७० हजार निकासा दिएपछि अहिले काम शुरू भएको छ।स्थानीयले विकासको लागि आफ्नो घर आफैं भत्काउने गरेका छन्। तर त्यसमा पनि अहिले स्थानीय सरकारले ठाडो हस्तक्ष्Fेप गरेपछि विवाद शुरू भएको छ। लालपुर्जा अनुसारको जग्गामा बनाएको घर तोड्नुपरिरहेको तर केही नेताले आफ्ना कार्यकर्ताको घर बचाउन अनेक जालझेल गरिरहेको स्थानीय राजकुमार गुप्ताको भनाइ छ।
कतै निजी घर तोडफोड भइरहेको छ, भने कतै अरूको घर बचाउने प्रयासका कारण आफूहरू दुःखित भएको गुप्ताको भनाइ छ। बखरी तथा लङ्गडीका सयौं घरधनी अहिले घरविहीन भएका छन्, विकासको लागि निकास हामी दियौं तर त्यसमा पनि राजनीति गर्नु गलत भएको टिप्पणी उनले गरे। सङ्घ सरकारले नालासहित कालोपत्र गर्न चालू आर्थिक मसान्तसम्म समयावधि तोकेको छ। सोही अनुसार अहिले काम भइरहेको छ।
पप्पु/अङ्कित/रञ्जन जेभीका ठेकेदार सुरेश कुर्मीका अनुसार आफू तयार रहे पनि साइट क्लियर गर्ने गापाको जिम्मेवारी रहेकोले काममा ढिलाइ भइरहेको छ।
समय कम छ, बाटो फाइनल गर्न असार मसान्त तोकिएकोले विवादभन्दा निकासतिर जान स्थानीयहरूलाई अपील गरेका छौं। तर सबै ठाउँमा राजनीति छ, धोबिनी पनि अछूतो छैन, नेताहरूले भेदभाव गर्नु स्वाभाविक भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here