चैती छठपर्वको महत्व

0

राजेश मिश्र

चैती छठपर्व ३ गते शुक्रवारको दिन नहाय खायसँगै प्रारम्भ भइसकेको छ । ५ गते शनिवार रसियाव रोटी थियो भने आज ५ गते आइतवार सँझिया घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुका साथै ६ गते सोमवार विहनिया घाटमा उदाउँदो सूर्यको अघ्र्य दिएपछि चैती छठ पर्वको समापन हुनेछ । कात्तिकको छठ पर्व जस्तै सरसफाइ र शुद्धताको पूर्ण पालना गरिन्छ ।
चार दशकअघिसम्म चैती छठ पर्व नगन्य भक्तजनहरूले मनाउने गरेको पाइन्थ्यो । समयक्रमसँगै चैती छठपर्व मनाउने भक्तजनहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । सूक्ष्मरूपमा केलाउने हो भने चैत महीना अत्यधिक गर्मीको समय हुने भएकोले चार दिनसम्म मनाइने यो महापर्वमा व्रतालुहरूको सङ्ख्या न्यून भएको कुरा स्पष्ट छ । उहिले प्रायः घरका पुरनिया महिलाहरूले व्रत बस्ने र घरका अन्य सदस्यहरूले सहयोगीको भूमिका निर्वाह गर्ने गरेको पाइन्थ्यो । यद्यपि अहिले आधुनिकतासँगै परिवारिक बाँडफाँडको क्रमसँगै व्रतालुहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेको पाइन्छ ।
हिन्दू नववर्षको प्रारम्भिक मास अर्थात् पहिलो महीना चैतमा ‘चैती छठ’ मनाउने परम्परा सदियौंदेखि स्थापित छ । कात्तिक महीनामा मनाइने छठ पर्व हिन्दू वर्षको दोस्रो ‘छठ पर्व’ हो । बहुसङ्ख्यक भक्तजनहरूले कात्तिक महीनामा मनाउने हुनाले ‘कत्तिकी छठ’ पर्वलाई महाछठपर्वको रूपमा हेर्ने दृष्टिकोण स्थापित छ । यद्यपि ‘नवरात्र र छठपर्व’ हिन्दू नववर्षको शुभारम्भ पर्व हो । यी दुईटै महावर्प ऋतु परिवर्तनको बेला मनाइन्छ । त्यस कारण पनि यस महापर्वको महŒव प्रकृतिसँगको निकटतम सम्बन्धको रूपमा रहेको सहजै अनुमान गर्न सकिन्छ । कात्तिक छठपर्व जस्तै चैती छठपर्वमा कृषि उत्पादनको प्रयोगसँगै चार दिनसम्म मनाइन्छ ।
चैती छठपर्वको धार्मिक, पौराणिक, प्राकृतिक र वैज्ञानिक महŒव तथा मनाउने विधि प्रस्तुत छ ।
धार्मिक महŒव
ब्रह्मवैवर्त ग्रन्थमा उल्लेख एक कथाको अनुसार छठ व्रतबाट नै राजा प्रियव्रतका मृत पुत्रलाई पुनर्जीवन प्राप्त भएको थियो । यसैले उनकै समयदेखि प्रजाहरूले चैती छठपर्व शुरू गरेको मान्यता छ । यस पर्वको महात्मयमा यो पनि उल्लेख छ कि महर्षि च्वयनको आँखाको ज्योति यसै व्रतको कारण पुनः प्राप्त भएको थियो ।
हिन्दू नववर्षको चैत महीनाको पहिलो दिनदेखि चैत नवरात्र प्रारम्भ हुन्छ । चैत महीनाको षष्ठि तिथिको दिन देवी कात्यानीको पूजा गर्ने चलन छ । तर यसै दिन सूर्य उपासनाको व्रत छठपर्वको महात्मय पनि पुरातनकालदेखि मनाइँदै आइएको छ ।
हिन्दू शास्त्र अनुसार चैत नवरात्रको समयमा मनाइने छठपर्व गृहस्थ जीवन र विद्यार्थी जीवनको लागि अति नै महŒवपूर्ण मानिन्छ । यस दिन कुमार कार्तिकेयको पूजापछि घ्यू र ब्राह्मीको सेवन गर्नाले बौद्धिक विकासका साथै स्मरण शक्ति प्रबल हुन्छ । धार्मिक ग्रन्थहरूमा छठपर्वलाई सन्तान सुख प्रदान गर्ने पर्वको रूपमा पनि उल्लेख गरिएको पाइन्छ ।
पौराणिक महŒव
नवरात्रको समयमा मनाइने यस छठपर्वलाई विशेष महŒवका साथ मनाइन्छ । किनभने भगवान शिव र देवी पार्वतीका पुत्र स्कन्द कुमार अर्थात् कुमार कार्तिकेयलाई समर्पित पर्व हो । यो पनि मान्यता छ कि यस चैती छठपर्व मनाउनाले देवी स्कन्द माता जो देवी दुर्गाकी पाँचौं स्वरूप हुन्, उनी प्रसन्न भएर मनोवाञ्छित मनोकामना पूर्ण गर्दछिन् । भक्तहरूलाई मोक्ष प्रदान गर्दछिन् ।
प्राकृतिक महŒव
नेपाल एक कृषिप्रधान देश हो । कृषि पेशा मुख्य रूपमा प्रकृतिमा आधारित कर्म हो । यस कारण प्रकृतिको स्वामी सूर्यको उपकार मनुष्यले बिर्सने कुरै हुँदैन । किनभने कृषि प्रणाली नितान्तरूपमा सूर्यको गतिमा निर्भर छ । यस कारण अन्नबाली भिœयाउने समयमा मानिसहरू दुवै ऋतुमा सूर्यको उपासना गर्दै सूर्य देवलाई धन्यवाद दिने प्रचलन सदियौंदेखि निरन्तर छ ।
वैज्ञानिक महŒव
वैज्ञानिक दृष्टिले हेर्ने हो भने वर्षमा मुख्यरूपमा चैत र कात्तिकमा गरी दुई महा छठपर्व मनाउने प्रचलन रहेको पाइन्छ । पहिलो गर्मीयामको प्रारम्भकाल अर्थात् चैत महीनाको शुरूमा र दोस्रो कात्तिक महीनामा जब शीतकालको प्रारम्भ हुन्छ । वैज्ञानिक दृष्टिले ऋतु परिवर्तनको समय भएकोले वसन्त ऋतु र शरद ऋतुलाई सङ्क्रमणकालको रूपमा मानिन्छ । यस महीनामा बिमारीजन्य प्रकोप बढ्छ । यस कारण बिमारीजन्य प्रकोपबाट बच्नको निम्ति यस महीनामा पर्व गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो हुने भएकोले व्रत र उपासनाप्रति जोड दिइन्छ । यस पर्वमा व्रतालुहरूले आरोग्यता, सन्तान र इच्छित मनोकामना माग्ने प्रचलन रहिआएको छ ।
कसरी मनाइन्छ चैती छठ पर्व
कात्तिक महीनामा मनाइने छर्ठपर्व जस्तै चैती छठ पनि चार दिनसम्म मनाइन्छ । नहाय खाय, रसिआव रोटी र सँझिया घाट, बिहनिया घाट गरी चार दिनसम्म मनाइने यो महापर्वलाई छठपर्व वा सूर्य उपासनाको नामले चिनिन्छ । छठपर्व चैत महीनाको होस् वा कात्तिक महीनाको शुद्धतालाई केन्द्र बिन्दुमा राखिन्छ । पूर्ण शुद्धताको ख्याल राखिन्छ । चार दिनसम्म उपवासको साथै नियम र संयम अनिवार्य हुन्छ । चैती छठपर्व महिला मात्र होइन, पुरुष तथा साधुसन्तहरूले पनि मनाउने गरेको पाइन्छ । यस पर्वमा नयाँ वस्त्र अनिवार्य छ । छठ पर्वको चार दिनसम्म व्रतालुहरू सांसारिक सुख साधनबाट टाढा रहनुपर्दछ । कात्तिकी छठपर्व जस्तै दौरा, डागरा, सुपुली, नरिवल, साठीको चामललगायतका कृषि उपज अनिवार्य प्रयोग गर्ने प्रचलन छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here