श्रीमन्नारायण
भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा नेपालका पूर्वराजा ज्ञानेन्द्रले पवित्र स्नान गरी त्यहाँ उपस्थित साधुसन्तमा भक्तिभाव देखाउनुलाई उनको आध्यात्मिक अधिकार मान्नुपर्दछ। तर उनी नेपालका पूर्वराजासमेत भएकाले उनको यस धार्मिक भ्रमणलाई पूर्णरूपमा निस्स्वार्थ भावको मात्रै मान्न सकिंदैन।
पूर्वराजा ज्ञानेन्द्र गेरू वस्त्रमा देखिनु एउटा संयोग मात्रै हो। हुनत राजनीतिज्ञहरू समय, काल र परिस्थिति अनुसार आफूमा परिवर्तन ल्याउने गर्दछन् तथा आफूलाई पनि सोही समाजको देखाउने भरसक प्रयास गर्दछन्। पूर्वराजा ज्ञानेन्द्र महाकुम्भ मेलाको अवसरमा र साधुसन्तमाझ गेरू वस्त्रमा देखिनु पनि यसै कारणले हुन सक्छ। राजा ज्ञानेन्द्रको यस भ्रमणलाई राजनीतिभन्दा निरपेक्ष पनि मान्न सकिंदैन।
नेपालको २४० वर्ष पुरानो राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्र अचानक गेरू वस्त्रमा देखिनु कतै उनको मनमा वैराग्य आएको सङ्केत त होइन ? भन्ने प्रश्न पनि उठ्न थालेको छ। कतिपय पवित्र महाकुम्भको अवसरमा साधु–सन्तहरूको सान्निध्यमा रहेका कारण मात्रै उनले गेरू वस्त्र धारण गरेको हुन सक्ने तर्क पनि गरिरहेका छन्। सनातन धर्ममा विश्वास राख्ने राजाहरूले आप्mनो जीवनको अन्त्यतिर पूर्णरूपमा अध्यात्मवादी अथवा योगी बनेका अनेकौं उदाहरण पनि छन्, तर पूर्वराजा ज्ञानेन्द्र सम्भवतः यस्तो नगर्लान् भन्ने आम चर्चा छ। पूर्वराजा ज्ञानेन्द्रको हरिद्वार भ्रमणलाई विभिन्न कोणबाट विश्लेषण गर्ने गरिन्छ। खासगरी आध्यात्मिक भावले र राजनीतिक अर्थमा पनि।
कार्यक्रमका आयोजकले उनलाई हिन्दू राजा अथवा हिन्दू सम्राट्कै रूपमा सम्बोधन गरेका थिए। आप्mनो तीन पृष्ठ लामो सम्बोधनमा उनले हिन्दू सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएकोमा चिन्ता व्यक्त गरेका थिए। हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्त महन्त र साधुहरूलाई सम्बोधन गर्दै उनले कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यता केही समयदेखि हाम्रो पूर्वीय दर्शन, धर्म र सनातनीय संस्कारमा –हास आएकोले हाम्रो धर्म बचाउनु र हाम्रो संस्कृतिको रक्षा गर्नु आवश्यक भएको भन्दै उनले मठ–मन्दिर, देवस्थल र धामहरूको विकास गर्नु हाम्रो कर्तव्य एवं दायित्व भएको टिप्पणी गरे।
आप्mनो सम्बोधनमा उनले भारतवर्ष, आर्यावर्त र भरतखण्ड, यो भूखण्ड, हिमशृङ्खला र हाम्रा यी अनेकौं नदीको महान् महत्व छ भन्दै उनले हजारौं वर्ष अघिदेखिको हाम्रFे सभ्यता, हाम्रFे धर्म, परम्परा तथा सनातनिक संस्कृति विश्वमैं बेजोड छ भन्दै हिन्दू धर्म–संस्कृतिको व्यापकताको वर्णन गरे। यद्यपि उनले आप्mनो तीन पृष्ठ लामो सम्बोधनमा राजनीतिक विषयको चर्चा गरेनन् तर अभ्यन्तरमा यस भ्रमणलाई राजनीतिक स्वार्थबाट रहित मान्न सकिंदैन।
नेपालमा विगत १२ वर्षदेखि गणतन्त्रको अभ्यास भइरहेको छ तथा जननिर्वाचित राष्ट्रपति देशको प्रमुखका हैसियतले विराजमान पनि छन्। तत्काल नेपालमा राजसंस्थाप्रति जनताको आकर्षण पनि छैन, न गणतन्त्रप्रति विकर्षण नै छ। सनातन धर्म र हाम्रा धर्मशास्त्रहरूमा नृप अर्थात् राजालाई देवतासरह सम्मान दिंदै आइएकोले पनि नेपालका पूर्वराजामा पनि सोही आकृति हेर्न खोज्ने साधुसन्तहरू अहिले पनि कम छैनन्। साधुसन्तहरूको निजी आस्था एवं विश्वासमाथि रोक पनि लगाउन सकिंदैन। एउटा हिन्दूको नाताले यदि पूर्वराजा ज्ञानेन्द्रले सनातन हिन्दू धर्म, संस्कृतिको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको रक्षाको निम्ति आप्mनो प्रतिबद्धता जनाउनु अस्वाभाविक होइन।
विश्वका प्रायः पुराना एवं गौरवशाली सभ्यता एवं संस्कृतिहरू अस्तित्वमा छैनन्, रोमन सभ्यता, ग्रीसको सभ्यता, मिश्रको सभ्यता र इरानी सभ्यता पनि अब खासै चर्चामा छैन। चिनियाँ सभ्यता पनि केही हदसम्म अस्तित्वमा छ। केवल हाम्रो पूर्वीय सभ्यता जसलाई सनातनी अथवा हिन्दू सभ्यता पनि भन्ने गरिन्छ, त्यो नै एकनासले जीवन्त, ग्राह्य, लोकप्रिय तथा अनुकरणीय रहिआएको छ। नेपालका उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीच प्रत्येक पाइलामा विवाद उत्पन्न भइरहनुको एउटा ठूलो कारण दुई सभ्यताबीचको टकराव अथवा भीडन्त पनि हो। चिनियाँहरू आप्mनो सभ्यतालाई नै विश्वको उच्चकोटीको सभ्यता र संस्कृति मान्दै आएका छन्, जबकि सनातनीहरू पूर्वीय अथवा हिन्दू सभ्यतालाई विश्वको सर्वोत्कृष्ट सभ्यता मान्दै आएका छन्। दुर्भाग्यवश नेपालका कतिपय कथित प्रगतिशील लेखक एवं विद्वान्हरू पनि आप्mनो खुट्टामा बन्चरो हानिरहेका छन् तथा चिनियाँ सभ्यताको पक्षपोषण गर्ने क्रममा सनातनी सभ्यताको अपमान गर्न पुग्दछन्। राजनीतिक एवं वैचारिक आस्था फरक विषय हो तर जब सभ्यता एवं संस्कृतिमाथि प्रहारको समय आउँछ तब हामी एकजुट भएर यसको रक्षा गर्नु पर्दछ। नेपाल र भारत भौगोलिकरूपमा दुई देश अवश्य पनि छन्। हाम्रो स्वतन्त्र अस्तित्व पनि छ र यसको रक्षा पनि हुनुपर्दछ तर हाम्रो सभ्यता, संस्कृति, धर्म, उपासना, पद्धति, रहनसहन, संस्कार, मान्यता एउटै हुन् यसको पनि अनुभूति भइरहनुपर्दछ। भारतका दिग्गज राजनीतिज्ञ, विद्वान्, लेखक एवं हाल केरल प्रान्तका राज्यपाल आरिफ मोहम्मद खानका अनुसार पूर्वीय सभ्यतालाई ज्ञानको भण्डार मानिन्छ। सनातन धर्म त शब्द हो, ज्ञान हो, न यसको अन्त्य हुन सक्छ, न यो कहिल्यै पराजित नै हुन सक्दछ। महान ऋषिमुनि एवं विद्वान्हरूको वाणीद्वारा स्थापित यस सभ्यताको गौरवशाली इतिहास रहेको छ। वेद, पुराण, उपनिषद्, गीता तथा विभिन्न शास्त्रहरूका कारण पूर्वीय सभ्यता एवं संस्कृतिसित कसैको तुलना नै हुन सक्दैन। केरलका राज्यपाल खान स्वयं पनि सनातन धर्म एवं संस्कृति तथा सभ्यताबारे गहिरो अध्ययन गरेका छन्। भनिन्छ, जतिबेला बलिउडका फिल्म निर्माता एवं निर्देशक बलदेवराज चोपडा (बिआर चोपडा) महाभारत सिरियलको निर्माण गर्ने योजना बनाइरहेका थिए, त्यति बेला उनी संवाद लेखनको जिम्मा कसलाई दिने भनेर अन्योलग्रस्त थिए तर उनका प्रिय मित्र एवं प्रख्यात लेखक एवं विद्वान् डा. राही मासुम रजाले आफू पनि गङ्गाकै पुत्र भएकोले पवित्र महाभारत सिरियलको सम्पूर्ण संवाद आफूले मात्रै लेख्ने हठ गरेका थिए। विश्व चर्चित महाभारत सिरियलको सफलतामा डा राही मासुम रजाको उच्चकोटीको संवाद लेखनको पनि ठूलो योगदान एवं महत्व मानिन्छ। तात्पर्य यो कि पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका कतिपय विद्वान्हरू पनि पूर्वीय सभ्यता एवं संस्कृतिमाथि गर्व गर्दछन् तथा यससित आप्mनो साइनो गाँस्ने गर्दछन्। धेरैजसो भारतीय मुसलमान पनि पूर्वीय सभ्यता र संस्कृतिलाई आप्mनो पहिचान मान्ने गर्दछन्। हामी नेपालीहरूले पनि यसमा गर्व गर्नु स्वाभाविक नै हो किनभने यो त हाम्रै सभ्यता–संस्कृति हो। सम्भवतः पूर्वराजा ज्ञानेन्द्रमा पनि साधुसन्त एवं महात्माहरूले आप्mनो देवताको अनुभूति गर्नु अथवा नृप हेर्नु यसैको सङ्केत हो। भारतवर्ष, आर्यावर्त र भरतखण्डलाई सङ्कीर्णरूपमा हेर्नुहुँदैन। यो हाम्रो साझा हो र हामी पनि यसैका हौं। ज्ञान, विज्ञान र अनुसन्धानले परिपूर्ण हाम्रो सभ्यता एवं संस्कृतिलाई अक्षुण्ण राख्नु हाम्रो परम धर्म एवं कर्तव्य पनि हो। पूर्वीय सभ्यता एवं संस्कृतिका संवाहक भएर पनि हामीले यसको निम्ति थप केही गर्न सकेका छैनौं। राजनीतिज्ञले धर्म र संस्कृतिलाई पनि नाफा नोक्सानकै दृष्टिले हेर्न गर्दछन्। सङ्कट आइपरेका बेला मात्रै धर्म, संस्कृतिलाई स्मरण गर्ने धारणा रहिरहेसम्म कुनै पनि समुदायको धर्म, संस्कृतिको रक्षा हुन सक्दैन।
पूर्वराजा शाहलाई विश्व हिन्दू महासङ्घले १७ वर्ष अघि विश्व हिन्दू सम्राट्को उपाधि दिएको थियो। पूर्वराजाले तीन वर्ष अघि हिन्दू राजाको हैसियतमा उडिसा राज्यस्थित पुरीको भ्रमण गरेका थिए। साढे ५ वर्ष अघि नै संविधानसभाको तीनचौथाई बहुमतद्वारा नेपाललाई गणतान्त्रिक एवं धर्मनिरपेक्ष राष्ट्र घोषित गरिसकिएको हो तसर्थ अब यहाँ राजसंस्था फर्कने तथा नेपाल पुनः हिन्दू राष्ट्र घोषित हुने सम्भावना छैन तर नेपालका पूर्वराजा भएका कारण र एक हिन्दूका नाताले सनातन धर्म संस्कृतिबारे चिन्ता गर्नु र यसको संरक्ष्Fण एवं विकासमा सक्दो सहयोगबारे प्रतिबद्धता व्यक्त गर्नु अस्वाभाविक होइन। पूर्वराजा ज्ञानेन्द्रका यस धार्मिक भ्रमणले नेपाल र भारतबीच संस्कृति एवं सामाजिक सम्बन्ध अवश्य नै बलियो बनाउने छ। पूर्वराजा ज्ञानेन्द्रलाई यदि यस धार्मिक भ्रमणबाट केही राजनीतिक लाभ हासिल हुने सम्भावना देखिन्छ भने यो उनको निजी विश्लेषण हुन सक्छ र यसका निम्ति उनी स्वतन्त्र पनि छन्। दक्षिणी छिमेकी भारत नेपालीहरूको निम्ति नयाँ ठाउँ होइन। पूर्वराजा ज्ञानेन्द्र विगत १५ वर्षदेखि राजनीतिबाट पनि टाढा नै छन्। यदि दक्षिणी छिमेकी भारतमा उनलाई कसैले मान, सम्मान दिन चाहन्छ र स्वागत गर्न चाहन्छ भने त्यस निम्तोलाई स्वीकार गर्नु स्वाभाविक नै हो। तत्काल त पूर्वराजा ज्ञानेन्द्रको यो भ्रमण धार्मिक नै देखिन्छ।