प्रस, वीरगंज, २८ चैत/
माउन्ट एमरेस्ट क्लब वीरगंजका कराँते खेलाडीहरूको शनिवार बेल्ट टेस्ट तथा ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
फुल कन्ट्याक्ट शिन क्युकोशिन कराँते अन्तर्गत क्लबका ५२ जना खेलाडीको ग्रेडिङ गरिएको हो। वीरगंज घडीअर्वा पोखरी परिसरमा आयोजित बेल्ट टेस्टमा ४४ जना खेलाडी हवाइट बेल्ट उत्तीर्ण गरी अरेन्ज बेल्टमा प्रवेश गरेका छन्। त्यसैगर, पाँचजना ओरेन्ज बेल्ट पूरा गरी ब्लु बेल्टमा स्तरोन्नति भएका छन् भने तीनजना खेलाडी ब्लु बेल्ट उत्तीर्ण गरी एलो बेल्टमा स्तरोन्नति भएको क्लबका प्रमुख प्रशिक्षक रवि कलवारले जानकारी गराए।नेपाल सिन क्युकोशिन कराँते एशोसिएशनको मापदण्ड अनुसार सम्पन्न बेल्ट टेस्टको परीक्षकमा एशोसिएशनका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक किशोर श्रेष्ठ र उपाध्यक्ष राजकुमार महतो थिए। सो अवसरमा प्रशिक्षक स्नेह महतो, घडीअर्वा स्पोट्र्सका अध्यक्ष लखन गुप्ता, सुशील गुप्ता, माउन्ट एभरेस्ट क्लबका उपाध्यक्ष सरोज यादव, प्रशिक्षक गौरव वर्मा, मनमोहन पाण्डे, मन्टु गिरीले सहजीकरण गरेका थिए।