कलैया मेयरकपको उपाधि सर्लाही–११ लाई

0

प्रस, वीरगंज, २८ चैत/
कलैया उपमहानगरपालिकाद्वारा आयोजित प्रथम मेयरकप गोल्डकप फूटबल प्रतियोगिताको उपाधि सर्लाही–११ ले जितेको छ। शनिवार भएको फाइनल खेलमा कलैया फूटबल क्लब र सर्लाही–११ बीच निर्धारित समयको खेल बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा सर्लाही–११ ले कलैया फूटबल क्लबलाई ४ का विरुद्ध ५ गोल गरी उपाधि जितेको हो।
विजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राजेशराय यादवले नगद ५० हजारसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए। यसैगरी, प्रतियोगिताका उपविजेता कलैया फूटबल क्लबलाई नगद २५ हजारसहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरेका थिए।
प्रतियोगिता कलैया फूटबल क्लबका अध्यक्ष्F कुलदीप ठाकुरको अध्यक्षतामा भएको थियो भने अखिल नेपाल फूटबल सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंह, वडाध्यक्ष्F जटाशङ्कर सहनी, महालक्ष्मी विकास बैंक कलैया शाखाका प्रबन्धक ललन साह, प्रभु अस्पताल वीरगंजका सञ्चालक डा मनोज गुप्तालगायतको सहभागिता थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here