लभ इन वीरगंज

– समीर पाख्रिन

दृश्य – ७

समय ः दिउँसो। स्थान ः वीरगंजको माईस्थान चोक।
(हवल्दार माईस्थान चोकमा सवारी आवागमनको निगरानी गर्दागर्दै उसलाई जोडले भोक लाग्छ र नजीकैको होटलमा नास्ता गर्न जान्छ)
इमानसिंह ः झिल्के ! हेर् न, आज बिहानै ग्यास सकिएकोले भात पनि खाएको छैन। म नास्ता गरेर आउँछु, ड्युटी गर्दै गर् है। गस्तीले सोध्यो भने ट्वाइलेट गएको छ भनी दे।
झिल्के ः (हवल्दारतिर हेर्दै) ठीक्क प–यो। एउटा फाल्तु सिलिन्डर पनि राख्न नसकेको बुढा। सँगैका साथीहरूका स्वास्नीहरूले ओभनमा खाना पकाउन थालिसके। इमानसिंह बुढा जस्ताको तस्तै। (यत्ति नै बेला एउटा मोटरसाइकल वेगले चोकतिर आएको देखेपछि रोकेर) ए भाइ, बजार क्षेत्र भनेर थाहा पाउँदा पाउँदै यसरी तीव्र गतिमा मोटर साइकल हाँक्ने हो ?
चालक ः सरी सर, अलिक हतारमा भएकोले गति बढेछ।
झिल्के ः खोइ, लाइसेन्स् ब्लूबूक हेरौं त।
चालक ः सर, केही बोक्न भ्याइएन। म त अफिसको मोटरसाइकल लिएर हिंडेको।
झिल्के ः लाइसेन्स ब्लुबूकै नभएको मोटरसाइकल तिम्रो भनेर कसरी पत्याउने ? तल ओर्ल।
चालक ः म अलिक हतारमा छु। मेरी श्रीमतीलाई गाउँलेहरूले सुत्केरी गराउन नारायणी अस्पताल ल्याएका छन् भन्ने खबर पाएकोले म अस्पताल गइरहेको छु। (सयका दुईवटा नोट झिकेर हातमा राखिदिंदै) तपाईं, यो राख्नोस् मलाई अहिले जान दिनोस्।
झिल्के ः (सयको नोट देख्नासाथै ङिच्चँ हाँसेर खल्तीमा हाल्दै) ल ल इमरजेन्सी भएकोले छोडिदिएँ, जानोस्। प्रस्थान गर्छ। (हवल्दार चोकमा आइपुग्छ)
इमानसिंह ः झिल्के, सब ठीकठाक छ होइन त ?
अँ उ त्यो रिक्शा रोक त जा।
झिल्के ः एई रिक्शा रूक् रूक्।
(रिक्सा रोकिन्छ)
यात्रु ः के भयो प्रहरी दाइ ? रिक्शा किन रोक्नुभएको ?
प्रहरी ः देख्नुभएन यो रिक्शा वान वे तोडेर आएको छ। यसलाई थाहा छैन, वान वेमा प्रवेश निषेध छ भनेर ?
यात्रु ः उसको कुनै गलती छैन। ऊ मानेकै थिएन मैले जबरजस्ती ल्याएकी।
झिल्के ः ए त्यसो पो, अनि तपाईंलाई ट्राफिक नियम उल्लङ्घन गर्ने अधिकार कसले दियो ? अब तपाईंलाई पनि कारबाही हुन्छ।
यात्रु ः ए जथाभावी पार्किङ गर्दा हुने। चोकबाट बाटो काट्दा हुने। जेब्रा क्रसिङमा समेत तीव्र गतिमा सवारी हाँक्न हुने। छाडा गाईवस्तुले सडकपेटी ओगटेर बस्न हुने। अनि म गर्भवतीले चाहिं स्वास्थ्यलाई ध्यानमा राखेर आउँदा ट्राफिक नियम उल्लङ्घन हुने ? प्रहरी दाइ, म गर्भवती छु। तल्लो बाटोको अवस्था एकदमै खराब छ। मलाई तल्लो बाटो रिक्शामा यात्रा गर्न जोखिम भएकोले यतैबाट आएकी।
इमानसिंह ः धत्तेरिका १ कस्तो–कस्तो परिबन्द आइलागेको होला। भैगो, भैगो जानोस्। (चोकैनेर दुई व्यक्तिबीच विवाद हुन्छ। मोटरसाइकलधनीले जेब्रा क्रसिङमा मोटरसाइकल पार्क गरेपछि विवाद उत्पन्न भएको हुन्छ)
पैदलयात्री ः ओ महाशय, एक मिनेट। (दोस्रो व्यक्तिले फर्केर हेर्छ) तपाईं झट्ट हेर्दा त पढालिखा सभ्य नागरिक देखिनुहुन्छ। कति पढ्नुभएको छ ?
चालक ः (झmर्केर) किन ? तपाईं को हो ? मेरो शैक्षिक योग्यता सोध्ने ? के मलाई जागीर दिने हो ?
पैदलयात्री ः जागिर होइन, नसीहत दिउँ कि भनेर सोधेको नि। कक्षा पाँचको सामान्य ज्ञानको किताबमा ट्राफिक नियमसम्बन्धी एउटा पाठ छ। पढ्नुभएको छ ?
चालक ः (आफैंसित) यो पागलले भन्न के खोजेको मैले त बुझिनँ। तपाईंले के भन्न खोज्नुभएको प्रस्टसँग भन्नोस्।
पैदलयात्री ः ल सुन्नुहोस्, तपाईंले पार्किङ गरेको मोटरसाइकल कहाँ छ राम्ररी हेरेर भन्नोस् त ?
चालक ः किन ? छेउ लगाएर राखेको छु। किन के भो ?
पैदलयात्री ः तपाईंले मोटरसाइकल पैदलयात्रीले बाटो काट्ने जेब्रा क्रसिड्ढो मुखैमा पार्क गर्नुभएको छ। अब
भन्नोस् तपाईंहरूले सवारीसाधन
यसरी राखिदिनुभयो भने पैदलयात्रीले कसरी जेब्रा क्रसिङबाट बाटो
काट्छ ? (उभिएर वादविवाद सुनिरहेका सबैले पैदलयात्रीको तर्कलाई समर्थन
गर्छन्)
चालक ः (लाजले रातोपिरो भएर) ओ सरी। म अहिले नै हटाइदिइहाल्छु। (दोस्रो व्यक्तिले बाइक हटाउँछ)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here