‘क्षमादान’ र स्थानीय ‘जलपान’ !

0
244

-मुकुन्द आचार्य
एकताका वीरगंजमा साहित्यकार र तिनका गतिविधिहरूको निकै घुइँचो हुन्थ्यो। समयले कोल्टे फे–यो, यहाँको साहित्यसरिता सुक्यो। फेरि समय कोल्टे फर्किन्छ। एकजना विशुद्ध लक्ष्मीपुत्रले माता सरस्वतीको सेवा गर्ने प्रशंसनीय साहस देखाए। धमाधम स्तरीय पुस्तकहरू आख्यान विधा अन्तर्गत व्यङ्ग्यको बर्को ओढेर आउन थाले। सबै जिल्लिएका छन्स ती लक्ष्मीपुत्र कसरी सरस्वतीपुत्र बन्न पुगे भनेर।
एक हातमा लक्ष्मी र अर्को हातमा सरस्वती लिएर नेपाली साहित्याकाशमा धूमकेतुझैं उदित भएका ती भाग्यमानी व्यक्ति हुन्– गणेशप्रसाद लाठ। हालै उनको उपन्यास ‘क्षमादान’बारे एक साहित्यिक समारोहको आयोजना भएको थियो। आर्थिक नगरी मानिने वीरगंजमा साहित्यिक भेलामा मेला लाग्नु भनेको अचम्मै हैन त ? तर यो सुखद अचम्म हो। सात्विक आश्चर्य हो। मान्नुस् नमान्नुस् तपाईंको खुशी ! शहरमा लक्ष्मी लोलुप मात्र छैनन्, सरस्वती सुधारस रसिक पनि छन् है !
एक शब्दको ‘क्षमादान’ले गर्नुग–यो। गम्भीरतापूर्वक सोच्ने हो भने मान्छेले धेरै कुरा खुशीका साथ मोबाइलमा फोटो आउने गरी दान गर्छन् र त्यसबापत दुनियाँबाट प्रशंसाको वर्षा होस् भन्ने चाहन्छन्। क्षमादान शब्दले यस्ता हलुका प्रशंसाको वास्ता गर्दैन, बरु भत्र्सना नै गर्छ। आप्mनो परम अपराधीलाई हृदयबाट क्षमा गर्नु भनेको चानचुने कुरा हैन। तर यस उपन्यासमा यौटी युवतीसँग उसको पूर्वप्रेमी अपराधीले क्षमादान मागेको थियो तर ज्योत्सनाले पुष्करणलाई क्षमादान गरी वा गरिन यो प्रश्न उनुत्तरित नै छ। क्षमा माग्नुभन्दा क्षमा दिनु झन् बढी कठिन हुन्छ।
उपन्यासकार सफल उद्यमी र व्यापारी भॉहुनाले उनले ‘क्षमादान’ माग्नेले यो पायो कि पाएन भन्ने रहस्यमा चिन्तनमनन पाठकले नै आप्mनो बुद्धिले भ्याएसम्म गरून् भनेर होला चिन्तन गर्ने मौका दिएका छन्। ‘सस्पेन्स’ राखेको पो हो कि ?
यो उपन्यास क्षमादानमा उपन्यासकार लाठले जीवनका बारेमा ज्यादै उपयोगीसिद्ध हुने कुराहरू पनि सजिलैसँग कुशलतापूर्वक दर्शाउन भ्याएका छन्। नवोदित साहित्यकारमा यस प्रकारको लेखन कौशल पाउनु चानचुने होइन। सरस्वती माताले सोचेको हुनुपर्छ– यो बिचरो लक्ष्मीपुत्र भएर पनि सरस्वतीसेवक बन्न आएको छ भने मैले पनि त क्यै माया गर्नैप–यो नि। पक्का यस्तै भएको हुनुपर्छ।
स्वयंले स्वयंलाई क्षमा गनु पनि यौटा ठूलो खाले क्षमादान हो भन्ने तथ्यतिर पनि उपन्यासकारले सङ्केत गरेजस्तो लाग्छ। होइन भने कमीकमजोरी कसमा हुँदैन ? जीवनमा अपराध नगर्ने को पो छ र ? अपराधबोध भएपछि क्षमादान माग्नु नै ठूलो कुरा हो।
विगतमा भएका गलतीहरूबाट शिक्षा लिंदै अघि बढ्नु नै बुद्धिमानी हो। विगत र भविष्यको बीचको समय नै वर्तमान हो र यसै वर्तमानको सदुपयोग गर्नु ठूलो बुद्धिमानी हो। ज्ञानका यस्ता हीरा–मोती, पन्ना–जवाहरात ‘क्षमादान’ले लुटाएको देख्दा त पुस्तकको नाम ‘क्षमादान’को साटो ‘ज्ञानदान’ राखेको भएपनि त्यति सारो नसुहाउँदो हुँदैन थियो कि ? आगे श्रीगणेशजी सदा सहाय !
‘क्षमादान’को विमोचनकर्तामध्ये म पनि एक थिएँ। बाहिरबाट गरमागरम (तात्तातो) पकौडा–पकौडी चप र भुजा तरकारीको सुवास फैलिएपछि कतिपय सज्जनले स्वयंसँग क्षमायाचना गर्दै स्थानीय खाजालाई नास्ता भन्दै त्यतातिर लुसुक्क लम्कने लालसालाई लत्याउन सकेनन्। चप–पकौडी खाएर जिभ्रोलाई च्वाट्ट बजाउनु राम्रै हो।
साहित्यिक कार्यक्रम यस्तो छिटोछरितो भएको झट्ट हेर्ने सौभाग्य पाइन्न। तर क्षमादान विमोचन कार्यक्रमले व्यवस्था कौशलको पनि परिचय दिएकै हो भन्न मिल्छ।
मान्दछु, त्यहाँ जलपानको स्थानीय संस्करण प्रस्तुत थियो। तर खै किन हो, त्यहाँ खाजा खाने आतुरी भएको भीड, लाम जस्तो क्यै थिएन। खानेको सङ्ख्या थोरै र नखाएरै भाग्नेको सङ्ख्या धेरै थियो कि जस्तो पनि मलाई लाग्यो। हुन सक्छ मेरो सोच गलत होस्। क्षमादानको भेल, नदी भएर बगिरहेको बेलामा म पनि क्षमायाचना गर्दछु।
कुनै पुराना मित्रले फोनमा मलाई थर्काए– उपन्यासमा धेरै भाषिक त्रुटि देखिन्छन्। तपाईं आँखा चिम्लेर प्रशंसा गर्नुहुन्छ, यो त ठीक भएन। मैले मित्रलाई थामथुम पारें, गलती हुनु स्वाभाविक हो। प्रकाशक संस्थाले पो ध्यान दिनुपथ्र्यो। तर अर्को कुरोको चुरो के छ भने म समालोचक पनि हैन नि। यौटा सामFन्य पाठक मात्र हुँ। म पनि क्षमादान देऊ भन्छु। टन्न भुजा–पकौडी खाएर आप्mनो गुँडतिर उडें। क्षमादान ! स्थानीय जलपान !! वाह क्या शान !!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here