प्रस, जनकपुरधाम, २६ चैत/
नेपाल पत्रकार महासङ्घ धनुषाले महिला नेतृत्व पाएको छ। धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित भएकी छन्।
महासङ्घ धनुषा शाखामा चैत २५ गते भएको मतदानको परिणाम बिहीवार सार्वजनिक भएको हो। अध्यक्ष पदका लागि चारजना प्रत्याशीलाई पछि पार्दै झा निर्वाचित भएकी हुन्। नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठनबाट उनले उम्मेद्वारी दिएकी थिइन्।
महासङ्घको शाखा उपाध्यक्षमा अवधेश कामत र महिला उपाध्यक्षमा नेहा झा निर्वाचित भएकी छन्। त्यसैगरी, सचिवमा बटुकनाथ झा, सहसचिवमा निरञ्जन साह, समावेशी सहसचिवमा गोविन्द महतो र कोषाध्यक्षमा रामकमल महतो निर्वाचित भएका छन्। धनुषा शाखामा कुल १७४ मतदातामध्ये १२ जना अनुपस्थित रही १६२ जनाले मतदान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here